SamwadKhabar logo

               

अर्थ व्यवसाय

चेम्बर एक्स्पो २०२२ भृकुटीमण्डपमा बिहिबारबाट

संवाद खबर

संवाद खबर

चेम्बर एक्स्पो २०२२ भृकुटीमण्डपमा बिहिबारबाट
असार २, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा नेपाल चेम्बर एक्स्पो २०२२ काठमाडौंको भृकुटीमण्डपमा बिहिबारदेखि शुरु हुँदैछ । कमर्स मेलाको पाँचौ संस्करणको प्रधानमन्त्री शेर बहादुर देउवाले भृकुटीमण्डपमा विहान ११ वजे उद्घाटन गर्ने कार्यक्रम छ । कोभिड १९ संक्रमण जोखिमका कारण अघिल्ला दुई संस्करण भने रोकिएको थियो । संक्रमण जोखिम कम भएसंगै आर्थिक गतिविधीलाई चलायमान बनाउन एवं स्वदेशी उत्पादनहरुको प्रर्वद्धन गर्न चेम्बरले पाँचौ अन्तराष्ट्रिय एक्स्पो गर्न लागेको हो । पाँचौ संस्करणमा व्यापारिक अन्तरक्रिया, आयात निर्यातको सूचना आदान प्रदान तथा नेपाली उत्पादनको बजारीकरणलाई जोड दिईएको चेम्बरले जनाएको छ । चेम्बर एक्सपोमा अन्तराष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तराष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहलाई नजिकबाट नियाल्न तथा नेपाली उद्योगी व्यवसायीहरुलाई सहयोेग मिल्ने चेम्बरले बताएको छ । मेलामा गुणस्तरीय सामान प्रयोग गर्न एवं उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृृद्धि गर्ने दायित्वलाई प्रर्दशनीले प्राथमिकता दिने अपेक्षा गरिएको छ । यस्तै निकासी अभिवृद्धि गर्नेमा पनि चेम्बर मेलाले सहयोग गर्ने विश्वास गरिएको छ । मेलामा घरेलु तथा स्वदेशी उत्पादनका साथै कृषि एवं जडिवुटी जन्य बस्तुहरु, इलोक्ट्रोनिक सामान, गार्मेन्ट्स एवं टेक्स्टायल, छाला जन्य बस्तुहरु, कस्मेटिक, खाद्य तथा दुग्ध जन्य सामाग्रीहरुको प्रर्दशनी एवं बिक्री गरिने आयोजक चेम्बरले जनाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एवं व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहकार्यमा आयोजित अन्तराष्ट्रिय मेलामा बंगलादेश पार्टनर कन्ट्रीको रुपमा रहेको छ । मेलामा नेपाल, भारत, पाकिस्तान लगायत अन्य राष्ट्रका उद्योगी व्यवसायी समेत गरि १ सय ५० भन्दा बढी स्टलहरु रहेका छन् । कोभिड १९ बाट शिथिल अर्थतन्त्रलाई क्रियाशील बनाउने उद्देश्यले विभिन्न राष्ट्रको सहभागितामा अन्तराष्ट्रिय एक्स्पो आयोजना गरिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए । उनले भने, ‘बिगत बर्षहरुमा कोरोना महामारीका कारण चेम्बरबाट आयोजना गरिने एक्स्पो स्थगित भएको थियो । अहिले पाँचौ संस्करण मेला आयोजना गरिएको छ ।’ अन्तराष्ट्रिय मेलाले नेपाली उत्पादनको बजारीकरण गर्न तथा अन्तराष्ट्रिय व्यापारिक समुदायलाई सहभागी गराई गतिशील आर्थिक वातावरण निर्माण गर्ने मुख्य उद्देश्य रेहेको मल्लको भनाई छ ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …