SamwadKhabar logo

               

संघीय खबर

एसपीपी सम्झौताबारे अध्ययन गर्न संसदीय समितिले माग्यो कागजपत्र

देवराज रिजाल

देवराज रिजाल

एसपीपी सम्झौताबारे अध्ययन गर्न संसदीय समितिले माग्यो कागजपत्र
३ असार, काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी ‘स्टेट पार्टनरसीप प्रोगाम’का लागि गरिएका सम्पूर्ण पत्राचारका कागजातहरु मागेको छ । सिंहदरबारमा शुक्रबार बसेको परराष्ट्रमन्त्री, प्रधानसेनापति लगायतका विशिष्ट व्यक्तिहरुलाई डाकेर गरिएको छलफलपछि ‘एसपीपी’ बारे अध्ययनका लागि विगतदेखिको पत्राचारका कागजात मागिएको हो । समिति सभापति पवित्रा निरौला खरेलले सरकार तथा नेपाली सेनाबाट भएका पत्राचार समितिलाई उपलब्ध गराउन निर्देशन दिएकी हुन् । छलफलमा ईश्वर पोखरेल, भीम रावल लगायतका सांसदहरुले एसपीपीबारे संसदीय छानविन गर्न माग गरेका थिए । साथै प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमण र एजेण्डाबारे जानकारी गराउनका लागि असार ५ गते प्रधानमन्त्री देउवालाई समितिको बैठकमा आमन्त्रण गरिएको जानकारी गराइन् । उनले प्रधानमन्त्री देउवालाई स्पष्टिकरण लिनका लागि बोलाउने नभई प्रधानमन्त्रीको धारणा लिएर प्रष्ट हुनका लागि बोलाइएको बताइन् । उनले हरेक सरकार परिवर्तनसँगै नेपालको परराष्ट्रनीति फेरिन नहुने बताइन् । उनले भारत र चीन नेपालको छिमेकी राष्ट्र रहेकोले सबैसँग समान कुटनीतिक सम्बन्ध कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिइन् । उनले नेपालको परराष्ट्र नीतिको बारेमा अध्ययन गर्न संसदको अन्र्तराष्ट्रिय सम्बन्ध समितिले उपसमिति बनाएको र त्यसले काम गरिरहेको पनि जानकारी गराइन् । उनले सरकारलाई परराष्ट्र नीतिको बारेमा उपयुक्त सल्लाह सुझाव दिने प्रयास गरेको उल्लेख गरिन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…