SamwadKhabar logo

               

अर्थ व्यवसाय

काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

संवाद खबर

संवाद खबर

काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै
असार ५, काठमाडौं । काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम आज (आइतबार) सार्वजनिक गरिंदै छ । दिउँसो ३ बजे राष्ट्रिय सभा गृहबाट मेयर बालेन्द्र साह ९बालेन० ले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको हो। नीति तथा कार्यक्रम अनुमोदन गर्न महानगरपालिकाको कार्यपालिकाको बैठक अहिले बसिरहेको छ । नीति तथा कार्यक्रम बनाउन तीन सदस्यीय समिति बनाइएको थियो । महानगरको कार्यपालिकामा प्रतिनिधित्व गर्ने वडाध्यक्षको समेत भावना र सुझावलाई समेटेर नीति तथा कार्यक्रम तयार पारेको बताइएको छ । स्वतन्त्र उम्मेदवार बालेन्द्र साह बालेन मेयरमा निर्वाचित भएपछिको पहिलो नीति तथा कार्यक्रम भएकाले महत्वका साथ हेरिएको छ । काठमाडौं महानगरपालिकाले यहि असार १० गते बजेट ल्याउने तयारी गरेको छ । यसैबीच, काठमाडौंका मेयर साहले नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल्ड साइटमा रंगशाला बनाउने विषयमा छलफल सुरु गर्नुभएको छ । फोहोरले भरिएर बन्द गर्ने अवस्थामा पुगेको सिसडोलमा रङ्गशाला निर्माणको विषयमा मेयर साहले अखिल नेपाल फुटबल संघको अध्यक्षका उम्मेदवार पंकज नेम्वाङलगायतसँग छलफल गर्नुभएको हो । लिगका लागि स्थानीय खेलाडीहरुको टिम बनाउने र त्यसका लागि आवश्यक पर्ने रङ्गशाला सिसडोलमा बनाउने योजना मेयर साहले बताउनुभएको हो । सिसडोल काठमाडौंबाट १२ किलोमिटरको दूरीमा पर्दछ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …