SamwadKhabar logo

               

संघीय खबर

नेपाल–भारत संयुक्त कार्यदलको १२औँ बैठक : सीमा समस्या समाधान गर्ने सहमति

संवाद खबर

संवाद खबर

नेपाल–भारत संयुक्त कार्यदलको १२औँ बैठक : सीमा समस्या समाधान गर्ने सहमति
असार ५, काठमाडौं । सीमा व्यवस्थापनसम्बन्धी नेपाल–भारत संयुक्त कार्यदलको १२औँ बैठक सम्पन्न भएको छ । गएको बुधबार र बिहीबार दुई दिनसम्म भारतको नयाँ दिल्लीमा भएको संयुक्त कार्यदलको बैठक सम्पन्न गरेर नेपाली प्रतिनिधिमण्डल नेपाल फर्किएको छ । गृह मन्त्रालयस्तरीय बैठकमा सीमामा हुने नक्कली नोट, हतियार तस्करी, लागुऔषध तथा मानव बेचबिखनलगायत सीमापार अपराध नियन्त्रण गर्न दुवै देशका सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र सूचना आदानप्रदान गर्न दुवै पक्ष सहमत भएका छन् । बैठकमा सिमानामा निर्माण भइरहेका पूर्वाधार परियोजनाहरू चाँडो पूरा गर्नुपर्नेमा जोड दिन प्रभावकारी समन्वय र सूचना आदनप्रदान गर्ने सहमति भएको नेपाली राजदूतावास नयाँ दिल्लीले विज्ञप्तिमार्फत जानकारी दिएको छ । बैठकमा नेपालको तर्फबाट गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेल नेतृत्वको टोली दिल्ली पुगेको थियो । भारतका तर्फबाट गृह मन्त्रालयका सहसचिव आशिष कुमारको नेतृत्वमा टोलीले वार्ता गरेको थियो । यस्तै, बैठकमा हराएको सीमा स्तम्भको विषयमा पनि छलफल भएको छ । “दुवै पक्षबिच नो–म्यान्स ल्यान्डमा जग्गा अतिक्रमण हटाउन र हराएको र क्षतिग्रस्त सीमा स्तम्भको समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्न सहमति भएको छ,” विज्ञप्तिमा लेखिएको छ, “त्यसैगरी सीमापार सवारी साधनको आवागमन, विपद् व्यवस्थापनमा सहयोग, सीमानाका नजिक बनेका बाँध, सडकलगायत पूर्वाधारका कारण उत्पन्न हुने डुबान समस्यालगायत विषयमा छलफल भयो ।” यस्तै, बैठकले २०१५ मा पोखरामा भएको ११औँ बैठकमा भएका निर्णयहरूको कार्यान्वयनको समीक्षा पनि गरेको थियो । साथै, अर्को बैठक एक वर्षभित्र नेपालमा बस्ने निर्णय पनि भएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…