SamwadKhabar logo

               

संघीय खबर

नागरिकता विधेयकलाई अगाडि बढाउने सत्ता गठबन्धनको निर्णय

संवाद खबर

संवाद खबर

नागरिकता विधेयकलाई अगाडि बढाउने सत्ता गठबन्धनको निर्णय
असार ८, काठमाडौँ । सत्ता गठबन्धनको बुधबार दिउँसो बसेको बैठकले नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक अगाडि बढाउने र शान्ति प्रक्रियालाई चाँडै नै निष्कर्षमा पु¥याउने विषयमा छलफल केन्द्रीत भएको बताउनुभयो। “सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा विकसित राजनीतिक घटनाक्रमबारे विश्लेषण भयो। प्रधानमन्त्रीजीले नागरिकताको विधेयक अगाडि बढाउने प्रस्ताव गर्नुभएको छ”, सञ्चार माध्यमसँग बोल्नुहुँदै मन्त्री कार्कीले भन्नुभयो। बैठकमा कानुनमन्त्री गोविन्दप्रसाद शर्माले शान्ति प्रक्रियाबारे अहिलेसम्मको प्रगति विवरण समीक्षागत रुपमा प्रस्तुत गर्नुभएको उहाँले उल्लेख गर्नुभयो। आमा, बुवा नागरिक तर उनका सन्तान नागरिकताबिहीन भएको अवस्था अन्त गर्न यसको अग्रसरताका लागि सो निर्णय भएको उहाँको भनाइ छ। मन्त्री कार्कीले बैठकमा विविध कारणले बढ्दै गएको बजारको महंगी लगायतका विषयमा पनि छलफल भएको बताउनुभयो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायत गठबन्धनका शीर्ष नेता सहभागी हुनुहुन्थ्यो।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…