SamwadKhabar logo

               

अर्थ व्यवसाय

चिनीको तस्करी बढ्यो, बाँकेमा ५२० बोरा अबैध चिनी बरामत

देवराज रिजाल

देवराज रिजाल

चिनीको तस्करी बढ्यो, बाँकेमा ५२० बोरा अबैध चिनी बरामत
असार १०, काठमाडौँ । पछिल्लो समय भारतले चिनी निर्यातमा रोक लगाएपछि दैनिक राजश्व छली गरेर सयौं क्विन्टल अबैध चिनी नेपालगञ्ज भित्रिनेगरेको पाइएको छ । पछिल्लो पटक वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले विहीबार राती भारतबाट भित्र्याइएको ठूलो मात्राको अवैध चिनी र दाल नेपालगञ्जबाट बरामद गरेको छ । नेपालगञ्ज वडा १ स्थित जिल्ला प्रहरी कार्यालय नजिक रहेको नन्दनी मिल परिसरबाट प्रहरीले ५२० बोरा अबैध चिनीसहित दाल ठूलो परिमाणमा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले भारतबाट अवैध रुपमा चोरी पैठारी गरेर भित्र्याई गोदाममा राखेको ५२० बोरा चिनी र ५१ बोरा बोडीको दाल प्रहरीले बरामद गरिएको बताउनुभयो । एसपी अधिकारीका अनुसार बरामद गरिएको चिनी १८ लाख २० हजार रुपियाँको र दाल १ लाख ७ हजार गरेर जम्मा १९ लाख २७ हजार रुपियाँको सामान नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । यति ठूलो परिमाणमा कसरी चिनी र दाल नेपालगञ्ज आइपुग्यो भन्ने पनि अनुसन्धान र छानविन भैरहको प्रहरीको भनाइ छ । नाकामा रहेका सुरक्षाकर्मीको कमजोरी देखिएमा कारवाही हुने प्रहरी प्रमुख अधिकारीले बताउनुभयो । पछिल्लो समय भारतीय सीमा नाकाबाट दैनिक सयौं क्वीन्टल चिनी नेपाल भित्रिरहेको छ । तस्करी गरी ल्याइएको चिनी नेपालगञ्जका विभिन्न गोदाममा भण्डारण गरिएको छ । नेपालगञ्जको जमुनाह, हिरमीनिया, साईगाउँ, बेतहनी र खडैचा नाकाबाट दिनहुँ ठूलो परिमाणमा चिनी तस्करी हुँदैआएको सो क्षेत्रका स्थानीयले बताएका छन् । भारतबाट तस्करी गरी ल्याइएको चिनी बाँकेसहित बर्दिया, सुर्खेत, दाङ लगायतका जिल्लामा पठाउने गरिएको छ । तस्करी रोक्न प्रहरीले दिनरात गस्ती गर्ने र सुराकी मार्फत सूचना सङ्कलन गरेर पक्राउ गर्दैआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …