SamwadKhabar logo

               

संघीय खबर

लोकसेवा आयोग विधेयक पारित

संवाद खबर

संवाद खबर

लोकसेवा आयोग विधेयक पारित
असार १३, काठमाडौँ । विधायिकी चरणमा प्रवेश गरेको साढे तीन वर्षपछि लोकसेवा आयोग विधेयक पारित भएको छ । प्रतिनिधि सभाले आइतबार राष्ट्रिय सभाबाट भएको संशोधन स्वीकार गरेसँगै विधेयक प्रमाणीकरणको प्रक्रिया अघि बढेको छ । पहिलो बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि दोस्रो बैठकमा विधेयकलाई निर्णयार्थ पेस गरिएको थियो । सभामुखबाट प्रमाणित भएपछि विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ । विधेयक २०७५ पुस २४ गते दर्ता भएको थियो । सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधि सभाले २०७७ असार ९ गते पारित गरेको थियो । राष्ट्रिय सभाले २०७८ भदौ २८ गते विधेयक पारित गरेको थियो । सरकारले प्रस्ताव गरेको कतिपय प्रावधानमा आयोगले असन्तुष्टि जनाएपछि दर्ताको लामो समयसम्म विधेयक सदनमा पेस हुन सकेको थिएन । २०७६ असोजमा मात्र विधेयकको दफावार छलफल प्रक्रिया प्रारम्भ भएको थियो । आइतबार प्रतिनिधि सभाको छलफलमा उठेका प्रश्नका जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले लामो अन्तरालमा विधेयक टुङ्गिएको बताउनुभयो । पारित विधेयकमा खर्चसम्बन्धी प्रावधान आयोगले तय गरेको कार्यविधिका आधारमा हुने व्यवस्था छ । आयोगमा कार्यरत कर्मचारी सरुवा सरकारको तजबिजीमा हुने व्यवस्था परिमार्जन गरिएको छ । आयोगसँगको परामर्शमा मात्र कर्मचारी सरुवा हुने व्यवस्था छ । यस्तै आयोगले योग्यताक्रम जाँच गरी अन्तिम रूपमा सिफारिस गरेको उम्मेदवारले नियुक्तिपत्र नलिएमा दुई वर्षसम्म आयोगले लिने परीक्षा दिन नमिल्ने व्यवस्था छ । प्रदेश लोकसेवा आयोगले सम्पादन गर्नुपर्ने कार्य पनि लोकसेवाबाटै सम्पादन गर्न प्रदेश सरकारले नेपाल सरकारमार्फत पत्राचार गरेमा जिम्मेवारी दिने व्यवस्था पनि पारित विधेयकमा छ । बढ्यो क्षेत्राधिकार संविधानमा सङ्गठित संस्थाको पदपूर्तिको परीक्षा सञ्चालन आयोगमार्फत हुने व्यवस्था गरिए पनि कानुनी रूपमा पहिलो पटक अधिकार पाएको छ । अब सङ्गठित संस्था, सुरक्षा निकाय र तोकिएका अन्य संस्थाले पनि आयोगबाटै पदपूर्तिको लिखित परीक्षा सञ्चालन गर्नुपर्नेछ । आयोगले तोकेको कार्यविधि र पाठ्यक्रमअनुसार नै अब परीक्षा कार्यक्रम सञ्चालन हुनेछ । विश्वविद्यालय र शिक्षक सेवा आयोगबाहेक नेपाल सरकारको ५० प्रतिशत वा सोभन्दा बढी सेयर रहेका सबै सङ्गठित संस्थाको परीक्षा अब अनिवार्य रूपमा नै आयोगले लिनेछ । पाठ्यक्रम पनि आयोगले नै तर्जुमा गरेअनुसार हुनेछ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…