SamwadKhabar logo

               

अर्थ व्यवसाय

नेपालमा लगानीका गर्न अष्ट्रलियालाई चेम्बरको आग्रह

संवाद खबर

संवाद खबर

नेपालमा लगानीका गर्न अष्ट्रलियालाई चेम्बरको आग्रह
असार १५, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अष्ट्रलिया समक्ष आग्रह गरेको छ । नेपालका लागि अष्ट्रलियान राजदूत फेलीसिटी वोल्कसंग काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज भएको भेटवार्तामा चेम्बरका पदाधिकारीले जलविद्युत, बन, पर्यटन, कृषि एवं साना उद्योगमा लगानीका लागि आग्रह गरेका हुन् । नेपाल र अष्ट्रेलियाबीच ६० बर्ष भन्दा पुरानो कुटनीतिक सम्वन्धलाई थप बलियो बनाउन सरकारी र नीजि क्षेत्रबाट उच्चस्तरीय आर्थिक साझेदारीको आवश्यक्ता रहेको अध्यक्ष मल्लले बताउनुभयो । अष्ट्रलियाले नेपालको बन क्षेत्रको संरक्षण तथा सम्वद्र्धन गर्न लामो समय देखि आर्थिक एवं प्राविधिक सहयोग गरेको भन्दै अध्यक्ष मल्ले यसको निरन्तरतामा जोड दिनुभयो । उहाँले जडिवुटी एवं खानी जन्य तथा धातुहरुको प्रशोधन गर्ने उद्योगमा लगानी गरि अन्तराष्ट्रिय बजार प्रर्वद्धन गर्न समेत राजदूत वोल्क समक्ष आग्रह गर्नुभयो ।  अध्यक्ष मल्लले भन्नुभयो, ‘समृद्ध मुलुक अष्ट्रलियाले थुप्रै देशमा लगानी गरिरहेको छ । तर नेपालमा लगानी निकै नगण्य मात्रामा छ । भारत तथा बंगलादेशको विद्युत बजारलाई मध्यनजर गर्दै अपार सम्भावना भएको नेपालको जलविद्युतमा लगानी गर्नका लागि म महामहिम राजदूत वोल्कलाई आग्रह गर्दछु ।’ अष्ट्रलियाका ठूला लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानीका लागि अध्यक्ष मल्लले आग्रह समेत गर्नुभयो । बैदेशिक लगानीका लागि नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर लगानी गर्न अध्यक्ष मल्लले राजदूत वल्क समक्ष आग्रह गर्नुभयो । अध्यक्ष मल्लले भन्नुभयो, अष्टे«लियाको लगानी सुनिश्चित गर्न नीजि क्षेत्रको तर्फबाट नेपाल चेम्बर अफ कमर्सले पहल गर्नेर्छ ।’ नेपालका विद्यार्थीहरु अष्ट्रलियामा अध्ययनका लागि गईरहेको सन्र्दभमा अध्यक्ष मल्लले त्यहाँका बिख्यात शैक्षिक संस्थाहरुबाट नेपाली शैक्षिक संस्थाहरुलाई सम्वन्धन दिई शिक्षाको गुणस्तर सुधारमा सहयोग गर्न समेत राजदूत वल्कसमक्ष आग्रह गर्नुभयो । अध्यक्ष मल्लले नेपाल र अष्टे«लियाबीच सीधा हवाई सेवा बिस्तार गरेर दुवै देशले फाईदा लिन सक्नेमा जोड दिनुभयो । यसले नेपालको पर्यटन प्रर्वद्धनमा समेत महत्वपुर्ण भूमिका खेल्नेमा अध्यक्ष मल्लले विश्वास व्यक्त गर्नुभयो । सूचना प्रविधीको क्षेत्रमा लगानीका लागि अष्टे«लियाको निजी क्षेत्रमा पहल गरिदिन समेत राजदूत वल्कलाई अध्यक्ष मल्लले प्रस्ताव गर्नुभयो । जवाफमा राजदूत वल्कले नेपाल अष्ट्रलियाको कुटनीतिक सम्वन्ध ६० बर्ष भन्दा पुरानो र ऐतिहासिक भएको बताउनुभयो । नेपालसंगको ऐतिहासिक सम्वन्धलाई अष्ट्रलियाले संधै गर्व गर्ने उहाँको भनाई छ । नेपालबाट बार्षिक ५० हजार विद्यार्थीहरु अध्ययनका लागि अष्टे«लिया जाने गरेको भन्दै वल्कले उनीहरुको शैक्षिक सुधार तथा भविश्यका लागि आफ्नो सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । वल्कले भन्नुभयो, ‘नेपालबाट बार्षिक ५० हजार विद्याथीलाई अष्ट्रलियाले अध्ययन भिषा उपलव्ध गराउँदै आएको छ । अष्ट्रलिया अध्ययन गर्न आउने नेपाली विद्यार्थीको संख्या विश्वमा चीन, भारत पछि नेपाल तेस्रो स्थानमा छ । हामी अझै यसको सुधारको पक्षमा छौं ।’ नेपालमा लगानीका लागि नीतिगत समस्या हुँदा पनि अष्ट्रलियाबाट अपेक्षित लगानी आउन नसकेको राजदूत वल्कको भनाई छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …