SamwadKhabar logo

               

अर्थ व्यवसाय

लोककल्याणकारी विज्ञापन प्रकाशन बापतको रकम भुक्तानी माग

संवाद खबर

संवाद खबर

लोककल्याणकारी विज्ञापन प्रकाशन बापतको रकम भुक्तानी माग
असार १६, काठमाडौँ । साना लगानी तथा स्वरोजगारमूखी विभिन्न छापा माध्यममा प्रकाशित लोक कल्याणकारी विज्ञापन बापतको रकम भुक्तानी गराउन माग गरेका छन् । विहिवार काठमाडौँ स्थित अनामनगर बसेको पत्रकार तथा प्रकाशकहरुको बैठकले गत वर्षको साउनदेखि हालसम्म रकम विना शर्त तुरुन्त उपलब्ध गराउनुपर्ने माग सहित सूचना तथा सञ्चार मन्त्रालय मातहत रहेको विज्ञापन बोर्डलाई ध्यानाकर्षण गरेको छ । आफुहरुले प्रकाशित विज्ञापनको रकमका लागि विल लिएर पटक–पटक कार्यालय जादाँ पनि विभिन्न बाहना गरी रकम रोकेर राखिएको भन्दै विज्ञापन बोर्डसंग असुन्तुष्ट बनेका छन् ।  साना लगानी तथा स्वरोजगारमूखी मिडियालाई जोगाउन न्यायका लागि विभिन्न चरणको आन्दोलनको तयारीबारे छलफलमा जुटेका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द चौलागाईको नेतृत्वमा बसेको बैठकमा विभिन्न सञ्चार माध्यमले मापदण्डका आधारमा पाउँदै आएको सुविधा समेत कटौती गर्न खोजिएको भन्दै लोककल्याणकारी विज्ञापन प्रकाशित गरे बापत पाउनुपर्ने रकम भुक्तानी विना शर्त उपलब्ध गराउन विज्ञापन बोर्डलाई आग्रह गरेको छ । छलफलमा विज्ञापन बोर्डका अध्यक्षको कामप्रति समेत प्रश्न उठेको छ । पत्रकारिता क्षेत्रबाटै आएका बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले पत्रकारहरुकै समस्यामाथी अंकुश लगाउन खोजिएको आरोप छ । उनले सूचना तथा सञ्चार मन्त्रालयबाट प्राप्त निर्देशन तथा नीतिगत कार्य गराउन आलटाल गरेको र सूचना लुकाउन खोजिएकोले सञ्चार माध्यमहरु त्यसतर्फ ध्यान आर्कर्षित हुन वैठकले निश्कर्ष निकालेको छ । साना लगानी तथा स्वरोजगारमूखी सञ्चारमाध्यमलाई थप प्रर्वद्धन गराउनुको सट्टा अपहेलनाको दृष्टिकोणबाट हेरेको भन्दै व्यवसायिक मुद्धमा एक ढिक्का भएर लाग्न सञ्चार माध्यम तथा पत्रकारहरुलाई आग्रह गरेको छ । प्रकाशित विज्ञापनको रकम भुक्तानीको माग गर्न विज्ञापन बोर्डसंग वार्ताका लागि नेपाल पत्रकार महासंघका सचिव गोविन्द चौलागाईको नेतृत्वमा पत्रकारहरु राजिव सिलवाल, भिम लामा, नवराज न्यौपाने, पदमराज जोशी लगायतको टोली शुक्रबार जाने भएको छ । वार्ता नमिले शुक्रबार नै विज्ञापन बोर्ड र सञ्चार मन्त्रालयमा धर्ना बस्ने निर्णय भएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …