SamwadKhabar logo

               

युवा

सम्पदा संरक्षणमा युवाको भुमिका महत्वपूर्णः मन्त्री अथक

संवाद खबर

संवाद खबर

सम्पदा संरक्षणमा युवाको भुमिका महत्वपूर्णः  मन्त्री अथक
असार १७, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले सम्पदा संरक्षणमा युवाहरुको भुमिका महत्वपूर्ण हुने बताउनुभएको छ । राष्ट्रिय युवा परिषद अन्तर्गत पर्यटन पथ प्रदर्शक युवा सञ्जालद्धारा शुक्रबार काठमाण्डौंमा आयोजित “सम्पदा पदयात्रा’ को समापन कार्यक्रममा बोल्दै मन्त्री अथकले देशको संस्कृती र सम्पदा जोगाउने जिम्मेवारी युवाहरुको काँधमा रहेको बताउनुभएको हो । संस्कृती र प्रकृतीले सम्पन्न नेपाललाई विश्वमाझ चिनाउने प्रमुख माध्यमका रुपमा पर्यटन ब्यवसाय रहेको उल्लेख गर्दै मन्त्री अथकले भन्नुभयो, “हाम्रो देशको संस्कृती, सम्पदा र भाषा विश्वलाई बुझाउने जिम्मेवारी तपाईहरुको काँधमा रहेको छ, त्यो कार्यभार पुरा गर्नुहोस ।” पर्यटन ब्यवसाय सम्मानित पेशाको रुपमा रहेको बताउँदै मन्त्री अथकले देश चिनाउने दायित्वलाई पथप्रदर्शक युवाहरुले अत्यन्तै महत्वपूर्ण जिम्मेवारीका रुपमा बहन गर्नेमा आफु विश्वस्त रहेको उल्लेख गर्नुभयो । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले सवै क्षेत्रका युवा समेट्ने योजना अनुसार पथप्रदर्शक युवा सञ्जाल गठन गरिएको बताउनुभयो । काठमाडौंको ठमेल स्थित सञ्चय कोष भवन अगाडिवाट शुरु भएको पदयात्रा पर्यटकीय क्षेत्र ठमेलका विभिन्न भाग हुँदै वसन्तपुरको दरवार स्क्वायर पुगेर समापन भएको थियो ।    

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

जेठ २७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालकाे १५ दिवसीय संघ शिक्षा वर्ग चितवनको …

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

वैशाख १७, काठमाडौं । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भ…

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्…