SamwadKhabar logo

               

संघीय खबर

बाजुराको बूढीगंगा​मा जारी मतदान शान्तिपूर्ण

देवराज रिजाल

देवराज रिजाल

बाजुराको बूढीगंगा​मा जारी मतदान शान्तिपूर्ण
२३ असार, काठमाडौँ । बाजुराको बूढीगङ्गा नगरपालिकामा कडा सुरक्षाबीच शान्तिपूर्ण बिहान ७ः०० बजेदेखि मतदान सुरु भएको छ । गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा बूढीगङ्गा नगरपालिकाको अधिकांश मतदान स्थलमा धाँधली हुँदा यहाँको मतगणना रोकिएपछि असार २३ गतेका लागि पुनः निर्वाचन तय भएको हो । बूढीगङ्गा नगरपालिकाका १० वटै वडामा रहेका मतदान केन्द्र र १९ वटा उपकेन्द्रमा अहिले कडा सुरुक्षाबीच मतदान भइरहेको निर्वाचन अधिकृत हष्टबहादुर कडायतले बताउनुभयो । उहाँका अनुसार अहिले बूढीगङ्गा नगरपालिकाका सबै मतदान केन्द्रमा सव्य र मर्यादित तरिकारले मतदान भईरहेको छ । उहाँका अनुसार आज भइरहेको बूढीगङ्गा नगरपालिकाको निर्वाचनको १० वटा मतदान तथा १९ वटा उपमतदान केन्द्रमा १३ हजार ६५९ मतदाताले दतदान गर्नेछन् । सबै मतदान केन्द्रमा राम्रोसँग मतदान भइरहेको पनि निर्वाचन अधिकृत कडायतले बताउनुभयो । वैशाख ३० गतेका दिनमा भएको स्थानीय निर्वाचनमा त्रसित बन्दै गएका बूढीगङ्गाबासीले यती बेला खुला मनले आफुले रोजेको उम्मेदवारलाई मत दिन पाएको मुख्य निर्वाचन अधिकृत माधव धिमिरेले बताउनुभयो । देशभरीमा एक मात्र निर्वाचन भएकोले त्यसलाई भएरहित तरिकाले सम्पन्न गर्नेगरी सबै खालको सुरक्षा व्यस्था गरिएको छ । बूढीगङ्गावासीले बेलुकासम्म ढुक्क तवरले आफ्नो मतदान गर्न पाउने प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताउनुभयो ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…