SamwadKhabar logo

               

संघीय खबर

सरकारले युवा शक्तिलाई स्वदेशमै आकर्षण गर्न सकेनः श्रममन्त्री कुँवर

संवाद खबर

संवाद खबर

सरकारले युवा शक्तिलाई स्वदेशमै आकर्षण गर्न सकेनः  श्रममन्त्री कुँवर
असार २३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले युवा शक्तिलाई स्वदेशमा बस्ने गरेर राज्यले आकर्षण पैदा गर्न नसकेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा  तराई विकास सञ्चार केन्द्रले आयोजना गरिएको सामाजिक संरक्षणको दिगोपनका लागि सामाजिक सुरक्षा कोषको भूमिका विषयक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले देशमा रोजगारका ढोका बद भएपछि बाध्य भएर विदेश पलायन हुनुपरेको बताउनुभयो । मन्त्री कुँवरले सरकारले स्वरोजगारलाई उच्च प्राथमिकतामा राखेर विदेश पलायन भइरहेका युवा शक्तिलाई देशमै रोजगारको वातावरण सिर्जना गर्न सकेमात्रै देश समृद्धिको दिशातर्फ अघि बढ्ने बताउनुभयो । मन्त्री कुँवरले राज्यका नीति, ऐन, कानूनहरूलाई पनि परिमार्जित गर्दै स्वदेशमा नै कसरी सहुलियत दिने र उत्पादनमुखी कार्यहरू गर्ने भन्ने बारेमा सोच्न आवश्यक रहेको बताउनुभयो । उहाँले आयातमा मात्रै भरपर्ने हो भने देशको राजश्व व्यवस्थापन र विदेशी मुद्राको सञ्चिती गर्न कठिन हुने बताउनुभयो । उहाँले सरकारले ल्याउने कुनैपनि ऐन,कानून जनता मारमा पर्ने किसिमका हुनु नहुने उल्लेख गर्नुभयो । मन्त्री कुँवरले पत्रकार जगतलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन पहल गर्ने बताउनुभयो । उहाँले गाउँका दूरदराजमा भएको घटनालाई समेट्नैपर्ने बाध्यता भए पनि सवारी साधन र आवश्यक सामग्री नहुँदा पत्रकारलाई असहज भइरहेको बताउनुभयो । मन्त्री कुँवरले सामाजिक सुरक्षा कोषलाई अझै प्रभावकारी बनाएर लैजान आवश्यक रहेको बताउनुभयो । उहाँले हरेक राजनीतिकर्मीले फिल्डमा देखेका कुरालाई ठाउँमा पुग्दा बिर्सिनु नहुने पनि उल्लेख गर्नुभयो । मन्त्री कुँवरले सांस्कृतिक क्षेत्रलाई पनि सामाजिक सुरक्षा कोष अन्तर्गत ल्याउन सके धेरै समस्या समाधान हुने भन्दै त्यसमा आफू पहल गर्ने बताउनुभयो ।वैदेशिक श्रमलाई सम्मानित बनाउने विषयमा विशेष जोड दिन नेपाल र नेपाली श्रमिक गएका देशबीच भएको सम्झौता तथा समझदारी राम्रो भए पनि बिचौलियाले श्रमलाई दुर्गन्धित बनाइरहेको टिप्पणी गर्नुभयो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…