SamwadKhabar logo

               

संघीय खबर

पशुपतिको गुरुयोजनामा सरोकारवालाको भावना समेटिन्छ : पर्यटनमन्त्री

संवाद खबर

संवाद खबर

पशुपतिको गुरुयोजनामा सरोकारवालाको भावना समेटिन्छ : पर्यटनमन्त्री
असार २३, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपति क्षेत्रको पूर्वाधार विकास तथा भौतिक संरचना निर्माणको लागि बनाइने गुरुयोजनामा सरोकारवाला सवैको अपनत्व हुनुपर्ने बताएका छन् । पशुपति क्षेत्रको निरीक्षण तथा अनुगमनका साथै पशुपति क्षेत्र विकास कोषको ब्रिफिङ लिन बिहिवार पशुपति क्षेत्र पुगेका मन्त्री श्रेष्ठले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना निर्माण अन्तिम चरणमा रहेकोले सम्वद्ध सरोकारवालाको भावना समेटिने बताए । नेपालको सभ्यता र पहिचान बोकेको संस्कृति तथा मूर्त अमूर्त सम्पदा संरक्षणका लागि गुरुयोजना आवश्यक रहेको मन्त्री श्रेष्ठले बताए । धार्मिक र आध्यात्मिक तीर्थस्थलको रुपमा रहेको पशुपति क्षेत्र विकास कोषमा अनियमितताको सन्देश जानु दुःखद पक्ष रहेको मन्त्री श्रेष्ठको भनाइ छ । कोषका कर्मचारीहरुलाई सेवा भावले काम गर्न उनले निर्देशन दिए । पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्का अध्यक्ष समेत रहनुभएका मन्त्री श्रेष्ठले पशुपतिनाथ मन्दिर क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु हटाउनुपर्ने बताए । मन्दिर क्षेत्रको फोहोर व्यवस्थापनमा पनि ध्यान दिन कोषका पदाधिकारीहरुलाई उनले निर्देशन दिए । पाशुपत क्षेत्रको विकासले धार्मिक पर्यटन विकाससँगै राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्ने मन्त्री श्रेष्ठको भनाइ छ । कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले पशुपतिनाथ मन्दिर क्षेत्रमा पुनर्निर्माणको अवस्था तथा राष्ट्रिय गौरवको आयोजना अन्तर्गत संचालित कार्यक्रमबारे जानकारी दिएका थिए । सो अवसरमा मन्त्री श्रेष्ठले पशुपतिनाथ मन्दिरमा पुजा गर्नुका साथै पशुपतिनाथ मन्दिर क्षेत्रमा निरीक्षण तथा अनुगमन गरेका थिए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…