SamwadKhabar logo

               

अर्थ व्यवसाय

एमविए पढेका युवाले सुरू गरे घडेरी बजार डटकम

देवराज रिजाल

देवराज रिजाल

एमविए पढेका युवाले सुरू गरे घडेरी बजार डटकम
२६ असार, काठमाडौँ । पुर्वाञ्चल विश्वविद्यालयबाट एमविए उत्तीर्ण गरेका एक युवाले घडेरी बजार डटकमको सुरूवात गरेका छन् । घर जग्गा कारोबारमा हुने कमिसन प्रथालाई निरूत्साहन गर्न र खरिदकर्ता र बिक्रीकर्ता दुवैलाई प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क गराउने उद्वेश्यले घडेरी बजार डटकम सुरू गरिएको संचालक विपिन कंडेलले बताए । यदी कसैले घर जग्गा विक्रि गर्न चाहेमा घडेरी बजार डटकममा गएर आफ्नो युजर एकाउन्ट बनाइ आफ्नो सम्पतिको सम्पुर्ण विवरणहरू , घर जग्गाको फोटो, मुल्य, ठेगाना र उपलब्ध सेवा सुविधाहरू साथै अन्य आवश्यक जानकारीहरू राख्न सक्ने छन् । र खरिदकर्ताले आवस्यकता र चहाना बमोजिम घर जग्गा छनोट गरि बिक्रिकर्तासंग कारोबार गर्न सकिने ब्यबस्था मिलाउन खोजिएको छ । आजको व्यस्त समय र प्रविधिको युगमा घरबाटै सबै काम गर्न सकिन्छ। अनलाइनबाटै आफुले चाँहेको सामान खरिद विक्रि हुने प्रबिद्दी बढ्दो भएकोले त्यसलाई मध्ये नजर गर्दै घर जग्गा कारोबारमा पनि सहजीकरण गर्ने उद्वेश्यका साथ घडेरी बजार डटकम सुरू गरिएको र यसले गर्दा जुन सुकै , जहाँ सुकै र जहिले पनि मानिसले आफुले चाँहेको घर जग्गाको बारेमा जानकारी लिन सक्ने र अनलाइनबाटै सम्पर्क गरेर खरिद विक्रि गर्न सक्ने सुबिधा पनि उपलब्ध भएको उनले बताए । साथै यसलाई आवश्यकता अनुसार स्तरउन्नति गर्दै लैजानले उनको योजना छ । घडेरी बजारमा गएर घर जग्गा सम्बन्धिको सम्पुर्ण समाचारहरू हेर्न र पढ्न पाउने सुविधा पनि उपलब्ध छ। साथसाथै यदी कसैले अपार्मेन्ट बिक्री गर्न र खरिद गर्न चाँहेमा सजिलै घडेरी बजारमा गएर त्यसबारे सम्पूर्ण जानकारी लिन सक्नेछन् र सिधैं बिक्रेतासँग सम्पर्क गर्न सकिने छ । एक बर्ष अगाडि मात्र एमविए उत्तीर्ण गरेका चितवनका उद्यमी युवा विपिन कंडेलले भि ग्रुप कन्स्ट्रक्सन एण्ड डेभलपर्स प्रा. लिको माध्यमबाट घडेरी बजार डटकम सुरू गरेका हुन् । उनले विगत १४ बर्षदेखि विभिन्न सामाजिक गतिविधिमा सकृय रहँदै भि ग्रुप नेपालको माध्यमबाट युवा उद्यमिहरू विच व्यावसायिक परामर्श र नियमित नव उद्यमी मिलन कार्यक्रम गरि भि ग्रुपको अलग अलग आयामहरू संचालन गर्दै आईरहेका छन् । त्यसको साथसाथै सेवा र विकासका लागि युवा र प्राज्ञिक विद्यार्थी परिषद् नेपालको माध्यमबाट चितवनमा उदाहरणिय कार्यहरू कपडा बैंक , नियमित सरसफाइ अभियानको कुशल नेतृत्व लिई त्यसलाई निरन्तरता , महामारीको समयमा खाद्यान्न वितरण, युवाहरूलाई विभिन्न किसिमका तालिमहरू, जनचेतनामुलक अलग अलग अभियानमा पनि सकृय भूमिका निर्वहन गर्दै आइरहेका छन् । घडेरीबजारले पहिलो चरणमा चितवनमा व्यावसायिक करोबर सुरु गर्ने छ भने बिस्तारै नेपालका अन्य जिल्लाबाट सेवा बिस्तार गर्दै जाने संचालकले जानकारी दिए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …