SamwadKhabar logo

               

अर्थ व्यवसाय

हरित कृषिको प्रवर्द्धन गर्न द्विपक्षीय सम्झौता

संवाद खबर

संवाद खबर

हरित कृषिको प्रवर्द्धन गर्न द्विपक्षीय सम्झौता
असार २७, चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवन र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) का बीच द्विपक्षीय सम्झौता भएको छ । अनुसन्धान, ज्ञान सिर्जना अध्ययन अनुसन्धानका नतिजा प्रसार, हरित कृषिको प्रवर्द्धन र जलवायुमैत्री तरिकाबाट नेपालको पर्वतीय क्षेत्रमा कृषि, वन र वातावरण क्षेत्रमा सहयोग गर्न सम्झौता गरिएको हो । विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मी र इसीमोडका महानिर्देशक डा। पेमा ग्याम्त्सोले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । द्विपक्षीय सम्झौताबाट दुई संस्थाबीच अध्ययन, सहकार्यमा तयार गरिने अनुसन्धान प्रस्तावना, शिक्षक एवं विद्यार्थीको क्षमता वृद्धि र अन्य शैक्षिक कार्य सञ्चालन गर्न सकिने सम्भावना रहेको विश्वविद्यालयका योजना निर्देशक डा. शिवचन्द्र ढकालले जानकारी दिए । सहकार्यबाट सहभागितामूलक अनुसन्धान र प्रसारका क्रियाकलापलाई लागु गर्न विश्वविद्यालयअन्तर्गतको अनुसन्धान एवं प्रसार निर्देशनालयलाई जिम्मेवार निर्देशनालयको रूपमा तोकिएको छ । विश्वविद्यालयका अनुसन्धान एवं प्रसार निर्देशक प्रा‍.डा. अर्जुनकुमार श्रेष्ठका अनुसार इसिमोडबाट कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा लागू हुन लागेको ब्रेस–ग्रेप परियोजनाको अनुसन्धानमूलक कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयले प्राविधिक सहयोग, साझेदारीमा अनुसन्धान, तालिम, प्रसार, गोष्ठी आदि कार्यमा नेतृत्वदायी भूमिकामा सहयोग गरिनेछ । रासस

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …