SamwadKhabar logo

               

संघीय खबर

मुक्त कमैया र कमलरीको समस्यालाई दिगो रुपमा समाधान गर्न प्रतिबद्धता– मन्त्री श्रेष्ठ

संवाद खबर

संवाद खबर

मुक्त कमैया र कमलरीको समस्यालाई दिगो रुपमा समाधान गर्न प्रतिबद्धता– मन्त्री श्रेष्ठ
असार २८, काठमाडौँ । भूमी व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले मुक्त हलीया, मुक्त कमैया, कमलरी र हरवाचरवाको समस्यालाई दिगो रुपमा समाधान गर्न मन्त्रालय प्रतिबद्ध भएर लागेको बताउनु भएको छ । मुक्त हलीया मुक्त कमैया, कमलरी र हरवाचरवाको समस्या समाधानका लागि आज भएको सरोकारवाला मन्त्रालय र निकायहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले समस्या समाधानका लागि कार्ययोजना नै बनाएर अगाडी बढ्ने तयारी भइरहेको बताउनु भयो । मन्त्री श्रेष्ठले मन्त्रालयले विषयगत समितिको बैठकमा समेत मुक्त हलीया मुक्त कमैया, कमलरी र हरवाचरवाको समस्या समाधानका विषयमा छलफल गरेर तीनै तहमा समन्वयका लागि पहल शुरु गरिसकेको भन्दै केन्द्रीय तहमा सरोकारवाला मन्त्रालयसँगको छलफल अगाडी बढाइएको बताउनु भयो । हलीया र कमैया कमलरी मुक्त भइसकेको र कमैया श्रम (निशेध गर्ने) ऐन कार्यान्वयनमा रहेको अवस्थामा यसको प्रभावकरी कार्यान्वयन गरेर हरवा चरवाको समस्या समाधान गर्नु पर्नेमा मन्त्री श्रेष्ठले जोड दिनुभयो । उहाँले आगामी वर्षको नीति तथा कार्यक्रम र वजेटमा समेत यस विषयलाई प्राथमिकतामा राखिएको बताउनु भयो । छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र महिला बालबालीका तथा जेष्ठ नागरिक मन्त्रालय, मुक्त हलीया, मुक्त कमैया, कमलरी र हरवाचरवाको अध्ययन समितिका पदाधिकारी र प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…