SamwadKhabar logo

               

संघीय खबर

भूमि सम्बन्धि समस्या देखाएर राज्य दोहोन गर्ने प्रवृतिको अन्त्य गरिन्छ

संवाद खबर

संवाद खबर

भूमि सम्बन्धि समस्या देखाएर राज्य दोहोन गर्ने प्रवृतिको अन्त्य गरिन्छ
साउन २, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले दुई वर्षभित्र भूमीसम्बन्धी सम्पूर्ण समस्या अन्त्य गरिने बताएकी छन् । धनकुटा जिल्ला अन्तरर्गत साँगुरीगढि गाउँपालीका–५ (साविक डाँडाबजार गाविस वडा नम्बर ३ र ४) का २८ घरपरिवारलाई लालपुजा वितरण गर्ने कार्यक्रमका बोल्दै उनले अब भूमिसम्बन्धि समस्या छन् भन्ने दिनको अन्य गरिने बताइन् । वषौंदेखि भूमि सम्बन्धि समस्या देखाएर विभिन्न आयोग र संयन्त्र बनाएर राज्य दोहोन गर्ने स्थिति रहेको भन्दै उक्त प्रवृतिको छिट्टै अन्य गरिने उनको भनाइ थियो ।कार्यक्रममा उनले सिन्धुली जिल्लाको दुधौली नगरपालीकाका भूमिहिन दलितहरुलाई पहिलो पटक पुर्जा वितरण गरेर भूमि आयोगको कार्य शुरु गरेको स्मरण गरिन् । गैर सुकुम्बासीलाई भुमि उपलब्ध नगराउने तर्फ सरकार सचेत रहेको बताउँदै उनले आयोगका पदाधिकारीहरुलाई कुनै प्रभाव र दबाब बिना काम गर्न निर्देशन दिइन् । कोहि कसैले गैर सुकुम्वासीलाई पुर्जा दिने र लिने सोचेको भए तेस्तो सपना सम्भव नहुने बताइन् । मन्त्री श्रेष्ठले २०२१ सालमा भूमी सुधार कार्यक्रम अन्तरर्गत जग्गाको हदबन्दी लागु भएपछि जग्गा नापजाँचको थालनी भएको बताउँदै उनले भनिन्, “ २०२१ सालमा भूमी सुधार कार्यक्रम अन्तरर्गत जग्गाको हदबन्दी लागु भएपछि त्यसबेलाको सिमित स्रोत, साधन र जनशक्तिका कारण सबै ठाउँमा जग्गा नापजाँच गर्ने स्थिति बनेन र त्यसलाई साना साना कित्ताहरुलाई एकै ठाउँमा राखेर ब्लकको रुपमा छुट्टयाइएको थियो । पछि जग्गा नाप्ने क्रममा घनकुटामा २०२९ साल माघ १५ गतेबाट शुरु भयो ।” धनकुटामा जग्गाको एकसरो नापी २०३२ सालमा छुट्टयाइएको बताइन् । धनकुटामा २०७७ साल देखि पुःन नापजाँच गरेर आफ्नो कार्यकालमा जग्गा नापीको सम्पूर्ण कार्य सकिएको मन्त्री श्रेष्ठले जानकारी दिइन् । मन्त्री श्रेष्ठले जग्गाको नाँपजाच कार्य लक्ष्य निर्धारण गरेर हुने गरेको भएतापनि पुर्जा वितरण गर्ने कार्य प्राथमिकतामा पर्ने गरेको थिएन । त्यसमा चलखेलको गुनासो समेत आउने गरेको उनले बताइन् । तेस्ता गुनासा सत्य नहुन भन्दै भूमिको नापी र लालपुर्जा वितरण गर्ने कार्यलाई प्राथमिकतामा राखेर आफुले काम गरेको उनको भनाई थियो । आफु मन्त्री भएपछि तल्लो तहका जनतालाई आफ्नो जग्गाको मालिक आफु नै बनाउन लागिपरेको बताइन् । उनले गाउँब्लकको समस्या पहिलो प्राथिमकतामा राखेर तेस्ता समस्या निराकरण गर्न दिन रात र बिदा समेत नभनेर लागिपरेको बताइन् । आफु मन्त्री भएको एकमहिना नबित्दै लालपुर्जा वितरण गरेको स्मरण गर्दै उनले भनिन् , “म मन्त्री भएपछि करिब ४९ हजार लालपुर्जा वितरण भएको छ । गाउँब्लको सम्पूर्ण नापी सकेर यही वर्षभित्र पुर्जा वितरण सक्ने कार्यमा लागेका छौं । यो कार्य मन्त्रालयका कर्मचारीले गर्नुभएको मिहनेतले सम्भव भएको हो।” त्यसक्रममा नापी विभागका कर्मचारीले शनिबार समेत नभनेर काम गरेर भूमि व्यवस्था मन्त्रायलमा सकारात्मक रिजल्ट निकालेको भन्दै प्रसंसा समेत गरिन् । उनले बजेटको अभावकाबीच अनिवार्य रुपमा यस किसिमको समस्या समाधान गर्न लागिपरेको बताइन् । आफ्नो शब्दकोषमा असम्भव भन्ने शब्द नरहेको भन्दै राम्रो काम गर्न स्वच्छ र दृढ इक्षाशक्ति मन भए असम्भव नहुने बताइन् । उनले भूमिहिन दलितहरुको समस्या पनि छिट्टै निराकरण गरिने जानकारी दिइन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…