SamwadKhabar logo

               

अर्थ व्यवसाय

किसानको गुनासो : ‘आकाश हेर्दै असार बित्यो’

संवाद खबर

संवाद खबर

किसानको गुनासो : ‘आकाश हेर्दै असार बित्यो’
साउन ३, गलेश्वर। असारको दोस्रो सातासम्म रोपाइँ गरेर सकिसक्नुपर्ने म्याग्दीका ग्रामीण भेगका खेत यस वर्ष पर्याप्त वर्षा नभएका कारण बाँझै छन् । रोपाइँ भएका ठाउँमा पनि पानी अभावमा खेतका गह्रा धाँजा फाटेका छन् भने रोपेको धानको बीउसमेत मर्न लागेको किसानले बताएका छन् । “पोहोरपरार यतिबेलासम्म सबै खेत रोपेर सकिन्थ्यो, तर यसपालि भने आकाश हेरेरै असार बित्यो, वर्षा नहुँदा रोपाइँ हुन सकेन”, बेनी नगरपालिका–९ का विमला सुवेदीले भन्नुभयो, “पानी पर्ला भनेर राम्रोसँग नपकाइकन मकै थन्क्याइयो, रोपाइँको तयारीका लागि खेतका गह्रा खाली गरिए, तर वर्षा नहुँदा साउनको पहिलो सातासम्म पनि खेत बाँझै छ ।” पुलाचौरका नवीन बानियाँले पोहोर सालको तुलनामा त अहिले पानी नपरेका कारण सबै खेत बाँझै रहेको बताउनुभयो । “बीउ बुढिएर रोप्नै नमिल्ने भइसक्यो, यस पटक धान उत्पादन नै मुस्किल हुने भयो”, उहाँले भन्नुभयो । उहाँहरूले जस्तै जिल्लाका धेरै किसानले वर्षा नभएका कारण रोपाइँ गर्न पाएका छैनन् । किसान आकाशतिर हेर्दै भगवान् पुकारेर पानी मागिरहेका छन् तर पानी नपरेका कारण कतिपय ठाउँमा रोपाइँ भएको छैन, रोपाइँ भएका ठाउँमा पनि चिराचिरा परेर धाँजा फाटेको र रोपो मर्न लागेको किसानले बताएका छन् । “गाउँलेहरूले पानी देऊ भगवान् भनेर भजनकीर्तन गर्न थालेका छन्, तर पानी परेको छैन”, बेनी नगरपालिका–७ का शिव घिमिरेले भन्नुभयो, “ न समयमा मलबीउ पाइन्छ, न वर्षा हुन्छ, यस पटक धान उत्पादन राम्रो हुने लक्षण छैन ।” विगतका वर्षको तुलनामा यस वर्ष वर्षाको सम्भावना धेरै रहेको र बाढीपहिरो जानसक्ने भन्दै सतर्कता अपनाउन मौसम विभागले भनेको समाचार आएपछि समयमै रोपाइँ सकेर उम्किएर बस्न भन्दै पूरा नपाकेका मकैसमेत कृषकले थन्क्याएर खेत खाली गरेका थिए । कुलो र नहरको सुविधा भएको, खोला तथा नदी तटीय क्षेत्र र खोल्साका छेउछाउमा रहेका खेतमा रोपाइँ सकिएको भए पनि आकाशे पानीकै भर परेर रोपिने ठाउँमा रोपाइँ हुनसकेको छैन । वर्षा भएको बेलामा भल छोपेर रोप्ने तथा धारोको पानी जम्मा पारेर पालो गरेर जसोतसो रोपिएका खेत पनि सिँचाइ समस्यामा पटपटी फुटेका किसानले बताएका छन् । “आकाशे पानीको भरमा भल छोपेर रोप्नुपर्ने ठाउँमा त रोपाइँ नै भएको छैन, धाराको पानी जम्मा पारेर पालो गरेर रोपेको खेतमा सिँचाइ गर्ने पानी नपुग्दा रोपेको खेत पनि पट्पटी फुटेको छ”, बेनी नगरपालिका–२ बगरफाँटका जीतबहादुर कार्की भन्नुहुन्छ, “झमझम पानी पर्ने समयमा दिनभरि टन्टलापुर घाम लाग्छ । चर्को घामकै कारण अलिअलि रसाउन लागेका मूल पनि सुकिसके । पानी पर्ने लक्षण नै छैन, के गरी रोपाइँ गर्ने हो रु अब वर्षा भएछ भने पनि साउनमा रोपेको धान राम्रो फल्ने कुरै भएन ।” कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार आजसम्म जिल्लामा करिब ६८ प्रतिशत रोपाइँ पूरा भएको छ । धान उत्पादनको राम्रो क्षेत्र मानिएका ठाउँमा नै पानी अभावका कारण करिब आधा जति रोपाइँ भएको सूचना स्थानीय तहका प्राविधिकले दिएको उहाँको भनाइ छ । सिङ्गा, बावियाचौर, बगरफाँट, रत्नेचौरलगायत राम्रो धान उत्पादन हुने क्षेत्रमा नै समयमा रोपाइँ भएको छैन । करिब ६८ प्रतिशत रोपाइँ भएको छ । थोपा–थोपा सँगालेर रोपेका ठाउँमा पनि सिँचाइ नहुँदा खेतका गरा चर्किएका किसानले बताएका छन् । काम सकेर फुर्सदिला हुने समयमा किसान काम नै (रोपाइँ) गर्न नपाएर पिरोलिएर बसेका छन् । प्रमुख खाद्य बाली पनि धान नै भएकाले वर्ष दिन खानुपर्ने अन्नका अभावमा अबको वर्ष बित्ने हो कि भन्ने चिन्ता उनीहरूलाई लागेको छ ।– रेडियो नेपाल

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …