SamwadKhabar logo

               

अर्थ व्यवसाय

एक वर्षमा वाणिज्य बैंकहरूले बढाए ४ खर्ब ५४ अर्ब कर्जा

देवराज रिजाल

देवराज रिजाल

एक वर्षमा वाणिज्य बैंकहरूले बढाए ४ खर्ब ५४ अर्ब कर्जा
३ साउन, काठमाडौँ । गत आर्थिक वर्ष २०७८र७९ मा वाणिज्य बैंकहरुले थप ४ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल बैंकर्स एसोसिएसनले उपलब्ध गराएको तथ्याङ्क अनुसार २०७८ असार मसान्तसम्म कुल ३७ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा २०७९ असार मसान्तसम्म ४१ खर्ब ७४ अर्ब पुगेको छ । यहीं एक वर्षको अवधिमा निक्षेप भने जम्मा ३ खर्ब ४० अर्ब बढेको छ । २०७८ असार मसान्तसम्म कुल ४२ खर्ब १ अर्ब निक्षेप संकलन भएकोमा २०७९ असार मसान्तसम्म ४५ खर्ब ४१ अर्ब संकलन भएको छ । निक्षेप संकलनभन्दा कर्जा प्रवाह बढी भएकाले यस आर्थिक वर्षको सुरुवातमा पनि बैंकहरुमा तरलताको समस्या कायमै छ । असारसम्म वाणिज्य बैंकहरुमध्ये नबिल बैंकले सबैभन्दा धेरै कर्जा प्रवाह गरेको छ । नेपाल बंगलादेश बैंकलाई आफूमा विलय गराई संयूक्त कारोबार गरेकाले गत आर्थिक वर्षसम्म नबिलको कर्जा सबैभन्दा धेरै ३ खर्ब ९ अर्ब पुगेको छ । आर्थिक वर्ष २०७७र७८ सम्म कर्जा प्रवाहमा एनआईसी एसिया सबैभन्दा अगाडि थियो । नबिलबाहेक कर्जा वृद्धिका आधारमा नेपाल बैंकले गत आर्थिक वर्षमा सबैभन्दा धेरै थप ३५ अर्बले कर्जा बढाएको छ । तीन बैंक स्टान्डर्ड चार्टड, सिभिल र सेन्चुरी बैंकको कर्जा प्रवाह १ खर्बमुनि छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …