SamwadKhabar logo

               

अर्थ व्यवसाय

रोकिएका दर्जन आर्थिक विधेयकहरु अघि बढाउन सभामुखलाई चेम्बरको ध्यानकर्षण

संवाद खबर

संवाद खबर

रोकिएका दर्जन आर्थिक विधेयकहरु अघि बढाउन सभामुखलाई चेम्बरको ध्यानकर्षण
साउन ३, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधि सभामा विचाराधिन रहेका अर्थतन्त्रसंग सम्वन्धित बिभिन्न विधेयकहरुलाई अघि बढाउन सभामुख अग्नि सापकोटालाई ध्यानाकर्षण गराएको छ । सिंहदरवारस्थित सभामुख सापकोटाको कार्यकक्षमा आज भएको भेटबार्तामा चेम्बरले अर्थतन्त्रसंग सम्वन्धित विभिन्न एघार वटा विधेयकहरु अघि बढाउन सभामुख सापकोटाको ध्यानाकर्षण गराएको हो । चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहित पदाधिकारीले सभामुख सापकोटासंग बिचाराधिन अवस्थामा रहेका धेरै विधेयकहरु रोकिँदा नीजि क्षेत्रसंग सम्वन्धित कतिपय समस्याहरु सम्वोधन हुन नसकेको बताएका थिए । धितोपत्र सम्वन्धी ऐनलाई संशोधन गर्ने सम्वन्धी विधेयक अर्थसमितिमा छलफलका क्रममा रहेको छ । यस्तै बैंक तथा वित्तिय संस्था सम्वन्धी ऐन २०७३ लाई संशेधन गर्ने सम्वन्धी ऐन पनि अर्थसमितिमा छलफलकै क्रममा रहेको चेम्बरले जनाएको छ । बीमा सम्वन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि अर्थ समितिमा छलफलकै क्रममा रहेकाले संघीय निर्वाचन अघी अर्थसंग सम्वन्धित सबै विधेयक पारित गर्नका लागि पहल गरिदिन अध्यक्ष मल्लले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘मुलुकको अर्थतन्त्रलाई चलायन बनाउन एवं प्रतिनिधि सभा र संसदीय विभिन्न समितिमा रोकिएका अर्थतन्त्र सम्वन्धित सवै विधेयकहरुलाई संघीय निर्वाचन अघि पारित गराउन म सभामुख ज्यूलाई आग्रह गर्दछु, ।’ सभामुख संगको भेटका क्रममा अध्यक्ष मल्लले मुुलुकका व्यवस्थित ढंगले गाँजाको खेती गर्ने वातावरण बनाउन समेत सभामुख लाई आग्रह गर्नुभयो । गाँजाको व्यवस्थित उत्पादन र निर्यात प्रर्वद्धन गर्न सकिए वर्तमान व्यापार घाटा कम गर्न सकिने अध्यक्ष मल्लको भनाई छ । गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न वनेको विधेयकलाई तत्काल अघि बढाउन पनि अध्यक्ष मल्लले सभामुख सापकोटाको ध्यानकर्षण गर्नुभयो । संघीय निर्वाचन अघि अर्थतन्त्रसंग जोडिएका सवै विधेयकहरु पारित भए मुलुकको आर्थिक क्षेत्रले निकास पाउने अध्यक्ष मल्लले बताउनुभयो । चेम्बर पदाधिकारीसंगको भेटका क्रममा सभामुख सापकोटाले रोकिएका विधेयकहरुलाई अघि बढाउन आफुले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । सभामुख सापकोटाले भन्नुभयो, ‘केही विधेयकलाई अघि बढाउन सम्वन्धित निकायमा भनिसकेको छु, । बजेटसंग सम्वन्धित विद्येयकहरु करिव करिव सकिएको छ । अरु विधेयकलाई पनि अड्काउन हुँदैन भन्नेमा सचेत छु ।’ छलफलका क्रममा रहेका आर्थिक विधेयकहरुका सम्वन्धमा सम्वन्धित समितिका सभापतिहरुसंग जानकारी लिने समेत सभामुख सापकोटाले बताउनभुभयो । सबै आर्थिक विधेयकहरुलाई प्राथमिकतामा राखेर अघि बढाउन आफुले पहल गर्ने सभामुख सापकोटाको भनाई छ । सभामुखसंगको भेटका क्रममा चेम्बरका पदाधिकारीले केही विधेयकहरु संसदीय समितिमा झण्डै चारवर्ष देखि रोकिएको र यसले आर्थिक क्षेत्रमा नकारात्मक असर गरेको भन्दै सभामुख सापकोटाको ध्यानाकर्षण गराएका थिए ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …