SamwadKhabar logo

               

अर्थ व्यवसाय

ओमानमा एक नेपाली एक पर्यटक अभियान शुरु गरौंः नेपाल चेम्बर

संवाद खबर

संवाद खबर

ओमानमा एक नेपाली एक पर्यटक अभियान शुरु गरौंः  नेपाल चेम्बर
साउन ४, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले ओमानका लागि नवनियुक्त राजदूत डोरनाथ अर्यालसंग भेटवार्ता गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा बुधबार भएको भेटवार्तामा चेम्बर पदाधिकारीले नेपालमा लगानी र पर्यटक भित्र्याउनका लागि पहल गर्न नवनियुक्त राजदूत अर्यालसंग आग्रह गरेका हुन । आर्थिक हिसावले सम्पन्न मुलुक ओमानमा झण्डै २० हजार नेपाली कार्यरत रहेको भन्दै अध्यक्ष राजेन्द्र मल्लले रोजगारीमा गएका प्रत्येक नेपालीले एक जना ओमानी नागरिक भित्र्याउन पहल गर्ने हो भने पर्यटन क्षेत्रले ठूलो फड्को मार्ने बताउनुभयो । यसका लागि नेपाली राजदूतावासले पहल गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ । ओमानसंग नेपालको कुटनीतिक सम्वन्ध निकै पुरानो रहेपनि उच्चस्तरीय भ्रमण हुन नसकेकाले पर्यटक आर्कषित गर्न नसकिएको अध्यक्ष मल्लले बताउनुभयो । ‘एसियाली मुलुक ओमान आर्थिक दृष्टिकोणले निकै सम्पन्न छ, उहाँले भन्नुभयो, त्यहाँका नागरिकलाई नेपाल भ्रमण गराउने गरि महामहिम राजदूतले भूमिका निर्वाह गरिदिनुप¥यो, ।’ ओमानसंग नेपालको व्यापार घाटा उच्च रहेकाले पर्यटन र लगानी मार्फत व्यवसायिक सम्वन्ध विस्तारमा अध्यक्ष मल्लले जोडदिनुभयो । ओमानमा नेपाल हाउस खोल्नका लागि पहल गरिदिन पनि अध्यक्ष मल्लले आग्रह गर्नुभयो । ओमानमा कार्यरत नेपालीलाई लक्षित गरि उनीहरुका लागि आवश्यक खाद्यन्ह, लत्ता कपडा लगायत बस्तुहरु नेपालबाटै आपूर्ति गर्ने व्यवस्था सहितको नेपाल हाउस खोल्न सकिए आर्थिक गतिविधी बढ्ने र व्यापार घाटा कम गर्न सहयोग पुग्ने अध्यक्ष मल्लको विश्वास छ । ओमानबाट मासिक २ अर्व रुपैयाँ रेमिट्यान्स आईरहेको भन्दै अध्यक्ष मल्लले नेपाली श्रमिकले पठाउने रेमिट्यान्सको निश्चित रकम पूर्वाधार विकास कोषमा राख्नुपर्ने व्यवस्थाका लागि राजदूत अर्यालको ध्यानाकर्षण गराउनुभयो । जवाफमा राजदूत अर्यालले ओमानबाट पर्यटक भित्र्याउन तथा वैदेशिक लगानी आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभयो । ओमानमा कार्यरत एक नेपाली बराबर एक ओमानी नागरिक नेपाल भित्र्याउने अभियान शुरु गर्ने तथा नेपाल हाउस स्थापनाका लागि आफुले पहल गर्ने नवनियुक्त राजदूत अर्यालको भनाई छ । राजदूत अर्याल कार्यभार सम्हाल्नका लागि बिहिबार ओमान जाँदैहुनुहुन्छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …