SamwadKhabar logo

               

अर्थ व्यवसाय

दुई क्विन्टल प्रतिबन्धित माछा जफत गरी नष्ट

देवराज रिजाल

देवराज रिजाल

दुई क्विन्टल प्रतिबन्धित माछा जफत गरी नष्ट
५ साउन, काठमाडौँ । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरबाट अवैधरूपमा बिक्री वितरण गर्दै आइरहेको दुई क्विन्टल मङ्गुर माछा जफत गरी नष्ट पारिएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर थापा नेतृत्वको बजार अनुगमन टोलीले मुख्य बजारमा रहेको हटियालाइन र मंगलगढी चोकबाट दुई क्विन्टल १० किलोग्राम माछा जफत गरी नष्ट गरेको हो। अनुगमनका क्रममा प्रतिबन्धित मङ्गुर माछाको बिक्री वितरण भइरहेको सूचना पाएलगतै टोली त्यहाँ पुगेर हटियालाइनस्थित बिरु माछा पसलबाट ८० किलो, सञ्जीव माछा पसलबाट ८० किलो र रोशन माछा पसलबाट ५० किलो माछा जफत गरिएको अधिकृत थापाले बताए। उनका अनुसार जफत गरिएका मङ्गुर माछा बुधबार वीरेन्द्रनगर नगरपालिका अगाडि कुइनेपानी जंगलमा गाडेर नष्ट गरिएको छ। माछा व्यवसायीलाई भने फेरि पनि अवैध रूपले प्रतिबन्धित माछा बिक्री वितरण गरेको पाइए कानुनबमोजिम कारबाही हुने चेतावनी दिएर छोडिएको उनले बताए। भारत तथा अन्तरप्रदेशबाट प्रतिबन्धित मङ्गुर माछासँगै ‘फर्मालिन’ प्रयोग गरेका माछा जिल्लामा अवैध तवरले आयात नहोस् भन्ने हेतुले जिल्ला प्रशासन कार्यालयको रोहवरमा गत जेठ १८ गते बसेको बजार अनुगमन समितिसँगै सर्वपक्षीय बैठकले सुर्खेतमा मङ्गुर माछाको बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो। विज्ञका अनुसार माछाको वर्गीकरणमा नराखिएको मङ्गुर माछाले अन्य माछालाई खाइदिने र जैविक विविधतालाई पनि नष्ट गरी जल प्रदूषण हुन्छ। अत्यधिक मात्रामा उक्त माछाको सेवनबाट क्यान्सर, आर्थराइटिस, मधुमेह लगायत रोग निम्तिन सक्ने पनि उनीहरूको भनाइ छ। उक्त अनुगमनमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पशुपन्छी विकास निर्देशनालय, वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय उपभोक्ता मञ्चको सहभागिता थियो

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …