SamwadKhabar logo

               

युवा

प्रथम राष्ट्रिय परिषद् बैठक देवघाटमा शुभारम्भ

देवराज रिजाल

देवराज रिजाल

प्रथम राष्ट्रिय परिषद् बैठक देवघाटमा शुभारम्भ
६ साउन, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको प्रथम राष्ट्रिय परिषद् बैठक देवघाट धाममा प्रारम्भ भएको छ । विद्यार्थी परिषद्को सांगठनिक कार्य र प्रशासनिक कार्यलाई प्रभावकारी र पार्दर्शी ढंगबाट सञ्चालन गर्ने र आगामी अभ्यास वर्गहरूको विशेष योजना तय गर्ने ध्येयका साथ साउन ६ र ७ गते तनहुँको देवघाट धाममा रहेको परमान्नद संस्कृति गुरुकुलमा सञ्चालन भएको परिषद्का महासचिव छितराज न्यौपानेले बताएका छन् । बैठकको उद्घाटन सत्रमा परमान्नद संस्कृति गुरूकुलका प्राचार्य स्वामी शुभाव चैतन्यज्युले शुभकामना मनतव्य राख्दै नेपाल अरूको देशमा मजदुरी गर्ने जाने भूमि नभएर विश्वलाई ज्ञान, धर्म र संस्कार बाँडन र सिकाउने गुरुहरूको भूमि भएको र त्यही दिशामा सम्पूर्ण युवाहरू हिडनु पर्ने बताउनु भयो , उहाँले हामी देव र ज्ञान भूमिमा जन्मेर आज मजदुरी गर्न विश्वभर जानू भनेको अत्यन्तै दुखद कुरो भएको व्यत्त गर्नु भयो । साथै उहाँले पाश्चात्यहरू यहाँ आएर हाम्रा देविदेवताहरूको अपमान गर्ने, हाम्रो भाषा , धर्म , संस्कृति र सभ्यतालाई मास्न निरन्तर लागि परिरहेकोले यश विषयमा पनि सचेत भएर अगाडि बढनु पर्ने भन्दै विद्यार्थी परिषद्को दुई दिने बैठकको सफलताको लागि शुभकामना प्रदान गर्नु भएको थियोे । परमान्द संस्कृत गुरुकुलका प्रचार्य शुभाव चैतन्यज्यू, संघका राष्ट्रिय प्रचारक वेद प्रकाशज्यू, परिषद् अध्यक्ष गोपीनाथ कण्डेलज्यू, महासचिव छितराज न्यौपाने र संगठन सचिव नारायण प्रसाद ढकालज्यूले सयुत्त रूपमा उद्घाटन गर्नु भएको प्रथम राष्ट्रिय परिषद् बैठकमा एक दिवसिय अभ्यसा वर्ग, आवासीय अभ्यास वर्ग मिति, लक्ष्य , विषयविन्दु, तथा प्रवास योजना , सदस्यता अभियानको लक्ष्य , प्रदेश छात्रा सम्मेलको योजना, कार्यालय कोष तथा बार्षिक आयव्यय विवरण एवम् लेखापरीक्षण , विविध आयाम एवं गतिविधिहरू , संकल्प ,निरामय, छात्रा कार्य , जनजाति कार्य , विश्वविद्यालय कार्य, सेवा र विकासका लागि युवा, द्वैमासिक पत्रिका (स्टुडेन्टस् कन्सेप्टस्) केन्द्रीय कार्यकारिणी समिति बैठकको मिति र स्थानको बिषयहरू माथि विशेष छलफल पश्चात् आगामी निर्णयहरू तय गर्ने विद्यार्थी परिषद्ले जनाएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

जेठ २७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालकाे १५ दिवसीय संघ शिक्षा वर्ग चितवनको …

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

वैशाख १७, काठमाडौं । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भ…

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्…