SamwadKhabar logo

               

संघीय खबर

प्रतिनिधि सभाको बैठक आजः निलम्वित प्रधानन्यायाधीश राणा विरुद्धको महाअभियोग प्रस्ताव पेश हुने

संवाद खबर

संवाद खबर

साउन २२, काठमाडौं । प्रतिनिधि सभाको आज आइतबार बस्ने बैठकमा सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोगमाथिको छलफल प्रक्रिया अघि बढ्ने भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आज बिहान ११ बस्ने बैठकमा महाभियोगको प्रस्ताव पेश हुनेछ । गत फागुन १ गते नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का ९८ सांसदको हस्ताक्षरसहित संसद सचिवालयमा राणा विरुद्ध विभिन्न २१ वटा आरोपसहित महाभियोग दर्ता गरिएको थियो । प्रस्ताव दर्ता भएको साढे पाँच महिनापछि बल्ल उक्त प्रस्तावमाथिको छलफल अघि बढाउन लागिएको हो । आइतबारको संसद बैठकमा महाभियोगका प्रस्तावकले राणा विरुद्धको प्रस्ताव टेबल गर्नेछन् भने त्यसपछि सभामुखले प्रस्तावमाथि छलफलको समय तोक्नेछन् । छलफल सकिएपछि उक्त प्रस्तावलाई महाभियोग सिफारिस समितिमा पठाइने छ । समितिले कारवाही अघि बढाएपछि प्रधान न्यायाधीश राणालाई सफाई पेश गर्न सात दिनको समय दिइने छ । सफाइ चित्त नबुझेमा समितिले महाअभियोग प्रस्तावलाई निणयार्थ पेश गर्न सदनमै पठाउने छ । प्रतिनिधि सभाको तत्काल कायम रहेको सदस्य संख्याको दुईतिहाइ बहुमतले महाअभियोग पारित गर्नुपर्दछ । सम्भावित कार्यसूचीः

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…