SamwadKhabar logo

               

संघीय खबर

नेपाल–भारत बैठकः हराइरहेका सीमास्तम्भ खोजी गर्ने निर्णय

देवराज रिजाल

देवराज रिजाल

नेपाल–भारत बैठकः हराइरहेका सीमास्तम्भ खोजी गर्ने निर्णय
२२ साउन, काठमाडौँ । जनकपुरमा शनिबार साँझसम्म बसेको नेपाल–भारत सीमा अधिकारीहरूको संयुक्त बैठकमा हराइरहेको सीमास्तम्भ खोजी गर्ने, सीमामा हुने अपराध, फेक करेन्सी, अतिक्रमण, लागूऔषध ओसारपसार नियन्त्रणलगायत विषयमा छलफल भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । बैठकमा सीमाक्षेत्रमा हुने गरेका अपराधलाई पूर्णरुपले नियन्त्रण गर्ने, लागूऔषध ओसारपसारको निगरानी तथा नियन्त्रण गर्ने र चेलीबेटी बेचबिखन नियन्त्रण तथा ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको सम्बन्धमा छलफल भएको पौडेलले जानकारी दिए । खुला सीमाका कारण दुवै देशमा भइरहेको आपराधिक क्रियाकलाप नियन्त्रणमा पनि सहकार्य गर्ने निर्णय भएको पौडेलले बताए । नेपाल र भारतका सुरक्षाकर्मीको बस्ने नियमित बैठकले दुई देशबीचको सम्बन्ध सुमधुर हुनुका साथै सुरक्षा समन्वयमा समेत सहयोग भइरहेको छ उनले भने । बैठकले सीमामा हुने अपराध कसरी नियन्त्रण गर्ने, लागूऔषध सम्बन्धी नियन्त्रण कसरी गर्ने, सीमा स्तम्भहरुको अवस्था कस्तो छ ? मर्मत गर्नुपर्ने भए सम्बन्धित निकायमा पहल गर्ने, हराएको भए खोजी गर्नेलगायत विषयमा निर्णय भएको पौडेलले जानकारी दिए । नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्था थप सुदृढ बनाउने निर्णय समेत भएको छ । नेपाली सीमा अतिक्रमण भएको तथा पुल निर्माणमा भारतीय सुरक्षाकर्मीको तर्फबाट पुल निर्माणमा अवरोध भइरहेको गुनासो आउन थालेपछि मधेश प्रदेशसाग जोडिएका नेपाल(भारत सीमाक्षेत्रतर्फ सीमास्तम्भ खोजी तथा जीर्ण रहेकालाई मर्मत सम्भारसमेत गरिने उनले बताए । भारतीय पक्षले नेपाली सुरक्षा अधिकारीबाट हुादै आएको सहयोगको उच्च प्रशंसा गरेका थिए । बैठकमा नेपालको तर्फबाट धनुषा, महोत्तरी, सिरहा र सर्लाहीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरुको उपस्थिति रहेको थियो । भारततर्फबाट मधुवनी जिल्लाका जिल्ला अधिकारी अरविन्द कुमार वर्मा, विहार प्रहरी, एसएसबीलगायत सुरक्षाकर्मीहरु सहभागी थिए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…