SamwadKhabar logo

               

संघीय खबर

बैतडीका ११ मतदानस्थलको नाम र स्थान परिवर्तन गर्न सिफारिस

संवाद खबर

संवाद खबर

बैतडीका ११ मतदानस्थलको नाम र स्थान परिवर्तन गर्न सिफारिस
साउन २३, बैतडी। आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लाका विभिन्न ११ ओटा मतदानस्थलको नाम र स्थान परिवर्तन गर्न सिफारिस गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले आवश्यकताअनुसार ११ मतदानस्थलको नाम र स्थान परिवर्तन गर्न निर्वाचन आयोगलाई सिफारिस गरिएको जनाएको छ । जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका अनुसार ११ मतदानस्थलमध्ये छ ओटाको नाम परिवर्तन गरिएको छ, भने पाँच ओटाको स्थान परिवर्तन गरिएको छ । दशरथचन्द नगरपालिका– ५ को साविकको गाविस भवन मतदानस्थलको नाम परिवर्तन गरेर वडा नं ५ कार्यालय पल्लाचौंडाली राखिएको छ । यस्तै पञ्चेश्वर गाउँपालिका– २ मा साविकको गाविस भवनको ठाउँमा वडा नं २ को कार्यालय, वडा नं ५ मा साविकको गाविस भवनको ठाउँमा वडा नं ५ को कार्यालय, वडा नं ६ मा साविकको गाविस भवनको ठाउँमा वडा नं ६ को कार्यालय नाम राख्न सिफारिस गरिएको छ ।यस्तै सुर्नया गाउँपालिका–१ मा साविकको गाविस भवन गुर्केलीको ठाउँमा वडा नं १ को कार्यालय हटैराज नाम राख्न सिफारिस गरिएको छ । यस्तै पुर्चौंडी नगरपालिका–७ मा साविकको गाविस भवनको ठाउँमा वडा नं ७ को कार्यालय नाम राख्न सिफारिस गरिएको छ । यस्तै पाँच मतदानस्थलको ठाउँ परिवर्तन सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दशरथचन्द नगरपालिका–८ को साविकको गाविस भवन त्रिपुरासुन्दरीमा रहेको मतदानस्थल स्वास्थ्यचौकी भवन त्रिपुरासुन्दरीमा राख्न सिफारिस गरिएको छ । यस्तै साविकको गुरुखोला गाविस भवनमा रहेको मतदानस्थल मणिलेक मावि गुरुखोला, मेलौली नगरपालिका– २ को साविकको गाविस भवनमा रहेको मतदानस्थल धर्मघर मावि सलेना, दोगडाकेदार गाउँपालिका–७ को साविकको गाविस भवनमा रहेको मतदानस्थल भूमेश्वर आधारभूत विद्यालय रिखाली र सिगास गाउँपालिका ४ कैलपाल आधारभूत विद्यालयमा रहेको मतदानस्थल–४ को कार्यालयमा राख्न सिफारिस गरिएको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहेको मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिले यी नाम र स्थान परिवर्तन गर्न आयोगलाई सिफारिस गरेको हो । जिल्लामा १२९ मतदानस्थलका दुई सय पाँच मतदान केन्द्र छन् । बैतडीमा एक लाख ५१ हजार बढीले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । आगामाी मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको आन्तरिक तयारीसमेत थालिएको निर्वाचन कार्यालयले जनाएको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…