SamwadKhabar logo

               

तीर्थ परिचय

४० लाखले अवलोकन गरे शाश्वतधाम

संवाद खबर

संवाद खबर

४० लाखले अवलोकन गरे शाश्वतधाम
साउन २५, नवलपुर। नवलपुरको दुम्कौलीस्थित शाश्वतधाममा पर्यटक तथा तीर्थयात्रीले अवलोकन गरेका छन्। सर्वसाधारणका लागि खुल्ला गरिएको ५ वर्षको अवधिमै ४२ लाख पर्यटक शाश्वतधाममा पुगेका हुन्। सन् २०१८ मा ‘वेस्ट टुरिष्ट डेस्टिनेशन’का रूपमा पुरस्कृत गरेको शाश्वतधाममा कोरोना महामारीका कारण लामो समय भएको बन्दाबन्दीका बाबजुद पनि पाँच वर्षमा यति धेरै भक्तजन र पर्यटक यहाँ आएका हुन्। ओमकार परिवार भित्र रहेका हिन्दु, बौद्ध र जयन धर्मवालम्बीहरु दर्शनका लागि विशेष रुपमा शाश्वतधाम आउँछन्। नेपालमै नौलो र फरक शैलीको यो मन्दिर र यससँगै रहेको पार्क सबैका लागि मुख्य आर्कषण रहेको छ। मन्दिरलाई चारैतिर पानीको तलाउले ढाकेको छ। साँझ, बिहान तलाउमा पानीको फहरा चलाउँदा मन्दिर पानीमा अडिएको भान हुन्छ र त्यो दृश्य हेर्न सर्वसाधारणको भीड लाग्ने गरेको छ। साउने सोमबार पारेर दर्शन गर्न आएकी पाल्पा रामपुरकी ५४ वर्षीया सरस्वती घिमिरे भन्छिन ‘शाश्वतधामको बारेमा सुनेकी थिएँ, देख्न पाउँदा स्वर्गको अनुभूति भएको छ।’ नारायणगढवाट २० किलोमिटर पश्चिम दुम्कौलीमा चौधरी ग्रुपको नमुना औधोगिक ग्राम छ। त्यसको पश्चिमतर्फ महेन्द्रराजमार्गसंगै जोडिएको ७ बिगाह क्षेत्रफलमा यो मन्दिर फैलिएको छ । यसकोे निर्माण फोब्र्स डलर अर्बपति विनोद चौधरीको नेतृत्वमा रहेको चौधरी फाउण्डेसनले गरेको हो। धाममा के छ ? वैभवयुक्त एकम्वरेश्वर मन्दिर यहाँको प्रमुख आकर्षण हो । चारैतिर हरियाली र पानीको फोहोरा रहेकाले रातिको समयमा यो मन्दिर पानीमा अडिएको भान हुन्छ। एकम्बरेश्वर मन्दिरभित्र ठूलो शिवलिंग रहेको छ । पार्वती, गणेश, हनुमान, सूर्य नारायण, नवग्रह, सतिदेवी लगायतका थुप्रै हिन्दू देवी देवताका प्रतिमाहरु एकम्बरेश्वर मन्दिरसँगै रहेका छन्। हिन्दू धर्मका मुख्य देवी देउताको एउटै थलोमा पूजाआजा गर्न पाइने यो मन्दिरको फरक विशेषता हो। धामभित्र रहेका अखण्ड अग्निकुण्ड, यज्ञकुण्ड, शक्तिघाट, गौशाला, धर्मशाला, डिजिटल धार्मिक संग्रहालय आदिको अवलोकनबाट यहाँ पुग्नेहरुले रोमाञ्चक अनुभूति गर्न सक्दछन्। यहाँ संस्कृत विद्यालय पनि स्थापना गरिएको छ । शाश्वतधाम परिसरमा पछिल्लो पटक बुद्धिस्ट सेन्टर समेत स्थापना गरिएको छ । बुद्ध धर्मको इतिहास झल्काउने संग्राहलय समेत यसै परिसर भित्र छ। आयआर्जन तथा रोजगारको अवसर शाश्वतधाम स्थापनाले यहाँको पर्यटन क्षेत्रको विकास मात्र नभइ स्थानीयमा रोजगारको अवसर समेत प्रदान गरेको छ। मन्दिरलाई नै आधार मानेर झण्डै १ सय ५० होटल तथा रेस्टुरा संञ्चालनमा छन्। उनीहरुले धाममा आउने पर्यटकहरुलाई लक्षित गरि व्यापार गर्न पाएका छन्। धामकै छेउमा चिया बेचेर मासिक तीस हजारसम्म आम्दानी गरेको स्थानीय सिर्जना विष्ट बताउछिन् । ‘चिया राम्रो बिक्रि हुन्छ। धाममा यूवादेखि बृद्धहरुसम्म आउने गर्छन, चिया नै खोज्छन’ सिर्जनाले बताइन्। सिर्जना मात्र होइन उनी जस्ता धेरैले धाममा आउने पर्यटक लक्षित गरि राम्रो व्यवसाय गरेका छन्।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

२४ साउन, काठमाडौं ।प्रत्येक वर्ष साउनभर गुल्मीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रेसु…

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

पदम श्रेष्ठ २३ साउन, काठमाडौं । पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको डहरे देउ…

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

२१ असार, काठमाडौं । धरान उपमहानगरपालिका२० स्थित विष्णुपादुका मन्दिर धार्मिक आस्थाको …

पलाञ्चोक भगवतीः संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम

पलाञ्चोक भगवतीः संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम

जेठ ८, काठमाडौं । पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा हरेक वर्ष चण्डीपूर्णीमाको अव…