SamwadKhabar logo

               

संघीय खबर

नागरिकता विधेयक: सल्लाहकारसँग परामर्शमा राष्ट्रपति भण्डारी

संवाद खबर

संवाद खबर

नागरिकता विधेयक: सल्लाहकारसँग परामर्शमा राष्ट्रपति भण्डारी
साउन २५, काठमाडौं। संघीय संसदका दुवै सदनबाट पारित भइ राष्ट्रपतिसमक्ष पेश गरिएको नागरिकता विधेयकमा भएका केही बुँदाहरुप्रति राष्ट्रपति विद्यादेवी भण्डारीको असन्तुष्टि रहेको शितलनिवास स्रोतले जनाएको छ। विधेयकका केही बुँदाहरुमा राष्ट्रपतिको असन्तुष्टि देखिएकोले प्रमाणीकरणमा समेत ढिलाइ भइरहेको संकेत देखिएको छ। स्रोतका अनुसार नेपाली पुरुषसँग बिहे गरेकी विदेशी महिलाले बिहे गरेको भोलिपल्टै नागरिकता पाउने लगायतका प्रावधानप्रति राष्ट्रपतिको असन्तुष्टि छ। यो असन्तुष्टिपछि राष्ट्रपतिले अब यो विधेयक पुनरावलोकनका लागि संसदमा फिर्ता पठाउँछिन् वा प्रमाणीकरण गर्छिन् भन्ने कुरा अहिल्यै स्पष्ट भन्न नसकिने स्रोतले जनाएको छ। तर, राष्ट्रपतिले प्रमाणीकरणमा ढिलाइ गर्नुले यो विधेयक फिर्ता हुन पनि सक्ने संकेत मिलेको छ। कुनै पनि विधेयक संघीय संसदबाट पारित भइ राष्ट्रपतिकहाँ पेश गरिएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्ने वा संसदमै फिर्ता पठाउने भन्ने विषयमा निर्णय गरिसक्नुपर्ने व्यवस्था छ। यो विधेयक राष्ट्रपतिकहाँ पेश गरिएको १० दिन भएको छ। अबको ५ दिनमा राष्ट्रपतिले यसको विषयमा निर्णय गर्नुपर्नेछ। राष्ट्रपतिले यो विधेयकका विषयमा आफ्नो विज्ञ टोलीसँग परामर्क गरिरहेको शितलनिवास स्रोतले जनाएको छ। यो नागरिकता विधेयकका केही प्रावधानहरु २ दशकअघि ल्याइएको विवादिन नागरिकता विधेयकका प्रावधानहरुसँग मिल्दाजुल्दा छन्। २०५७ सालमा तत्कालीन प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरी राजा विरेन्द्रकहाँ पठाएको विवादिन नागरिकता विधेयक राजा विरेन्द्रले फिर्ता गरिदिएका थिए। तत्कालीन समयमा विशेयक प्रमाणीकरणका लागि राजाकहाँ आएपछि राजा विरेन्द्रले सर्वोच्च अदालतसँग यसका विषयमा राय मागेका थिए। तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय नेतृत्वको सर्वोच्च अदालतले राजालाई यो विधेयक प्रमाणीकरण नगर्न राय दिएपछि राजाले विधेयक फिर्ता पठाएका थिए।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…