SamwadKhabar logo

               

तीर्थ परिचय

बौद्ध, हिन्दू र बोन्बोहरुको पवित्र स्थल बन्दै काभ्रेको ताराखसे पोखरी

संवाद खबर

संवाद खबर

बौद्ध, हिन्दू र बोन्बोहरुको पवित्र स्थल बन्दै काभ्रेको ताराखसे पोखरी
भीम लामा (काभ्रे ) साउन २९, काठमाडौँ । प्राकृतिक तथा धार्मिक अस्तित्व बोकेको काभ्रे रोशीको ताराखसे पोखरीमा सार्वसाधारण र धार्मिक व्यक्तिहरुको आकर्षण बढ्न थालेको छ । जनैपूर्णिमा तथा गोने ङ्याको दिन झाँक्रीहरुको बाग्लो उपस्थितिका साथ पोखरी परिसरमा पूजापाठ तथा सेरग्याम गरेका छन् । करिव २०० बढि झाँक्रीहरु (महिला÷पुरुष) ले भूमिको रक्षा एवम् अन्नबालीहरुको संरक्षणका लागि सेरग्याम गरेका थिए । साथै बर्षभरी रोगी भईरहने, विरामी हुने, डराउनेहरुलाई सातो बोलाएर मन्छाउने काम गरेका थिए । बौद्ध, हिन्दू र बोन्बोहरुको पवित्र स्थलको रुपमा आकर्षित बन्दै गरेको ताराखसे पोखरीको विशेषता थुप्रै छन् । जंगलको बीच भाग जहाँ पहाडको थुम्को अनि जमेको पानी पोखरीले सबैलाई अचम्मित तुल्याउँछ । ताराखसे पोखरी (सार ताईबा घ्योई) प्राचीन समयमा तारा खसेर खाल्डोको रुपमा परिणत भएको र पछि नागहरु आएर बसेको भनाई बोन्बो (झाँक्री ) हरु बताउँछन् । ४ ओटा नाग आएर बसेको र तीनहरुबीच आपासी झगडा भएर भग्दा त्यहाँ पानी जम्न थालेको धामी झाँक्रीहरु बताउँछन् ।
काभ्रेको ताराखसे पोखरी । तस्बीरः रुपचन्द्र महर्जन 
पोखरी परिसरमा सयौँ वर्ष पुराना रुखहरु, ताराकुण्ठ महादेव, हाडाभाडा ज्योहो हत्ति आहाल, सिता पाईला, रामलक्ष्मण लगायत धार्मिक स्थलहरु रहेका छन् । त्यसमध्ये शक्तिशली हाडाभाडा ज्योहोमा बाटोमुनीको स्याउला चुडालेर चढाउने गर्ने गरेको पाईन्छ । संरक्षण र प्रचारको पखाईमा रहेको त्यस पोखरी ऐतिहासिक, प्राकृतिक एवम् धार्मिक रुपमा चर्चामा आउन थालेको छ । त्यहाँ पोखरीसंगै मनोरम दृश्यहरुले भरिपूर्ण ताराखसे लेक करिव ३४०० मिटर उचाईमा रहेको छ । सयौँ वर्ष पूरानो रुखहरुले घेरिएको पोखरीको दृश्य अवलोकन तथा त्यहाँ अवस्थित ताराकुण्डेश्वर महादेव दर्शनका लागि धेरै टाढा टाढाबाट मानिसहरु आउने गर्छन् । थप विशेषताः राजधानीसंगै जोडिएको काभ्रे जिल्लाको धार्मिक तथा ऐतिहासिक दृष्टिले लोभ्याउने एक स्वच्छ हराभरा हरियालीपूर्ण मनोरम स्थल हो ताराखसे । राजधानीको अति नजिक मध्यपहाडी जिल्ला काभ्रेमा अवस्थित यस क्षेत्र समुद्री सतहदेखि लगभग ३४०० मिटर उचाईमा रहेको छ । साविकको शिखरआम्बोटे गा.वि.स हाल रोशी गाउँपालिकामा पर्ने उक्त लेक आफ्नै मौलिकता र पहिचानसहितको विशेषता रहेको छ । सुन्दर मनोरम वातावारण रहेको त्यस लेकमा हजारौ प्रकारका जडिबुटी पाईन्छन्, जसलाई मानव जीवनमा आएका विभिन्न रोगहरूको समेत निको पार्ने औषधीको रुपमा प्रयोग गर्दै आईरहेको छ । उच्च ठाउँमा रहेको त्यस लेकबाट तराईको समथर भूभागको दृश्य हेर्न र अवलोकन गर्न पाईन्छ । भौगोलिक अवस्थाका कारण विकासका हिसाबले पिछाडिएको यस क्षेत्र अव भने विकासको क्रम अगाडी बढ्न थालेको छ । पर्यटकीय क्षेत्रको सम्भावना रहेको उक्त क्षेत्रमा चेतनाको अभावमा ओझेल रहेको थियो । अहिले नव युवा पुस्ताको मन त्यता तानिएपछि चाँढै विकासले गति लिने अनुमान गरिएको छ । प्राचीन समयदेखि नै त्यस क्षेत्रमा तारा खसेको भन्ने भनाई रहेको छ । सो, क्षेत्रमा अझै पनि ठूलो पोखरी देख्न सकिन्छ । उक्त पोखरीमा सदाबहार पानी जमिरहेको हुन्छ र बाटोमा हिड्ने बटुवाहरुले रुखको पात टिपेर पानी पिउँने गर्दै आईरहेको छ । अग्लो जमिनको शिरमा अनौठो किसिमले पानी पोखरी बस्नु त्यहाँ केही शक्ति रहेको अनुमान लगाउन सकिने स्थानीयहरु बताउँछन् । तारा खसेर उक्त क्षेत्रमा पोखरी संरचना आफै बनेको उल्लेख गर्दै त्यहाँका बसिन्दाहरुले ताराखसे नामाकरण गरिएको बताएको छ ।
झाँक्रीले बिसाएको ड्याङग्रो । तस्बीरः रुपचन्द्र महर्जन 
उक्त क्षेत्रमा पौराणिक कथाहरु पनि जोडिएको देखिन्छ । जहाँ त्यस पोखरीको केहीपर कलात्मक ढुंगाको मूर्तिहरु भेटिन्छन् । जसलाई भगवान रामलक्ष्माणको रुपमा चिनिन्छन् । त्यसकै वरिपरि सीताको पनि मूर्ति भेटिन्छन् त्यसले पनि एक खालको अर्थ जनाएको छ । अर्थपूर्ण त्यस स्थानको पौराणिक कथा पनि रहेको छ । भगवानहरुको युद्धको बेला तिनीहरुले प्रयोग गरेका वस्तु तथा औजारहरुको दृश्य अनुवोध गराइएको छ । सीता बिरामी हुदाँ रामले हनुमानलाई जडिबुटी खोज्न जङ्गल पठाईन्छ त्यही पहाडको नाम महाभारत भएको देखिएको जुन त्यस क्षेत्रलाई पनि महाभारतकै नामले सम्बोधन गरेको छ । हनुमानले जडिबुटी पत्ता लगाउन नसकेर पहाडको एक भाग उचालेर ल्याएको थियो र त्यस भागमा सीतालाई निको पार्ने औषधी फेला प¥यो त्यही कुरालाई दर्शएका उक्त महाभारत लेक अर्थात् ताराखसे लेकमा हजारौ प्रकारका जडिबुटी उपलब्ध हुने स्पष्ट देखिन्छ अहिले ताजै रहेको छ । पर्यटन विकासको लागि महत्वपूर्ण विशेषता भएको त्यस क्षेत्रमा विभिन्न खालको चराचुरुङ्गीहरु कालिज, दुम्सी, बन कुखुरादेखि लिएर जङ्गली जनवारहरु बाघ, भालु, चितुवा, बँदेल, मृर्गहरु पाईन्छन् । जसले शान्ता तथा सन्तुलित वातावारण बनाउने काममा सहयोग गरिरहेको छ ।
मेला हेर्न आउने सार्वसाधारणहरु । तस्बीरः रुपचन्द्र महर्जन 
किम्वदन्तीअनुसार देवताहरु लडाई गर्दा लुक्ने ठाउँको रुपमा चिनिन्छ । काठमाडौँको कोटेश्वरबाट हानेको धनुषवाण त्यस लेकमा आएर ठोकिएको भनाइहरु पनि पाईन्छ । स्वच्छ हावापानी र विभिन्न प्रजातीका रुखहरु भएकाले मान्छेलाई लोभ्याईरहेको छ । हाईकिङको लागि एकदम उपयोगी उक्त महाभारत लेक ताराखसे, देउरालीमा प्राकृतिक हात्ति आहाल, रामलक्ष्यमाणको मूर्ति र सीताको आकृतिले सबैको मन तानेको छ । पैदलयात्रुका लागि उपयुक्त ठाउँ भएकाले मान्छेहरु पनि आवातजावात गर्ने गर्छन् ।
पोखरी परिसरमा रहेका सयौँ वर्ष पुराना रुखहरु । तस्बीरः रुपचन्द्र महर्जन 
पहिलेदेखि नै ट्रेकिङ मार्ग रहेको त्यस क्षेत्रमा पछिल्लो समयमा रोकेको थियो र अहिले मानव चेतनासंगै अध्ययन र अनुसन्धनका कामहरु हुन थालेपछि त्यस क्षेत्रमा सबैको ध्यान केन्द्रित भएको छ । राज्यको नजर नपुगेको त्यस क्षेत्र अहिले भने वैज्ञानिक अध्ययनका लागि उपयुक्त ठानिएको छ । जसले गर्दा मनलाई शान्त पार्न र अध्ययन गर्न विभिन्न ठाउँबाट आउनेको संख्या बढ्न थालेको छ । स्थानीय र सरोकारवालले त्यस क्षेत्रको संरक्षण र प्रर्वद्धन गरेमा आर्थिक आम्दानीको पक्षमा समेत गति लिन सकिन्छ ।
ताराखसे पोखरी जाने बाटो । तस्बीरः रुपचन्द्र महर्जन 
उच्च ठाउँमा अवस्थित रहेकै कारण गौरीशङ्कर हिमाल, गणेश हिमाल र थुप्रै हिमालहरुको दृश्य हेर्न पाउने भएकाले विभिन्न देशबाट पर्यटकहरु त्यस क्षेत्रको खोजिनिति गर्दै आउने गरेको छ । प्राकृतिक स्रोत साधनको अध्ययन र अवलोकनका लागि उत्कृष्ठ त्यस ठाउँमा विज्ञान, पर्यटन तथा वन सम्पदा सम्बन्धी अध्ययनरत विद्यार्थी तथा अनुसन्धानकर्ताको लागि अनिवार्य र महत्वको रुपमा लिन सकिन्छ । उक्त क्षेत्र पुग्नका लागि काभ्रेको सदरमुकाम धुलिखेल, नमोवुद्ध, दाप्चा हुदैँ शिखरआम्बोटको बाटो प्रयोग गर्न सकिन्छ । साथै त्यस स्थान हुँदै डाँडापारीका गाउँपालिकाहरु महाभारत, खानीखोला गाउँपालिका र तराईका जिल्लाहरुमा जोडिनेछ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

२४ साउन, काठमाडौं ।प्रत्येक वर्ष साउनभर गुल्मीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रेसु…

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

पदम श्रेष्ठ २३ साउन, काठमाडौं । पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको डहरे देउ…

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

२१ असार, काठमाडौं । धरान उपमहानगरपालिका२० स्थित विष्णुपादुका मन्दिर धार्मिक आस्थाको …

पलाञ्चोक भगवतीः संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम

पलाञ्चोक भगवतीः संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम

जेठ ८, काठमाडौं । पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा हरेक वर्ष चण्डीपूर्णीमाको अव…