SamwadKhabar logo

               

संघीय खबर

इन्द्रजात्रा व्यवस्थापनबारे पर्यटनमन्त्रीकाे छलफल

संवाद खबर

संवाद खबर

इन्द्रजात्रा व्यवस्थापनबारे पर्यटनमन्त्रीकाे छलफल
भदौ २, काठमाडौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको प्रमुख सांस्कृतिक उत्सव इन्द्रजात्रा व्यवस्थापनबारे सरोकारवालासँग छलफल गरेका छन् । भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रामा सुरक्षा लगायत अन्य पक्षको व्यवस्थापनबारे काठमाडौं महानगरका जनप्रतिनिधि, स्थानीय प्रशासन, सुरक्षा निकाय, गुठी संस्थान, स्थानीय गुठीयारलगायतसँग छलफल गरेका हुन् । काठमाडौंवासीको महत्वपूर्ण चाडका रूपमा रहेको इन्द्रजात्रालाई विश्वव्यापी रुपमा चिनाएर पर्यटनसँग जोड्नुपर्ने उनको भनाइ छ । इन्द्रध्वजोत्थान पर्व राष्ट्रिय संस्कृतिका रुपमा विकसित भइसकेको छ,’ मन्त्री श्रेष्ठले भने, ‘इन्द्रजात्रा अवलोकनमा सहभागि हुनेलाई सहज हुने गरी व्यवस्थापन गर्नुपर्छ ।’ राष्ट्रपति, मन्त्री र नगरवासीको सहभागितामा इन्द्रध्वजोत्थान गर्ने गरिन्छ । यसपटक विश्वका विभिन्न सहरका मेयरसहित विदेशी पाहुनालाई पनि निमन्त्रणा गरिएको छ । इन्द्रजात्रासँगै गणेश, भैरव र कुमारीको रथयात्रा, नाच, गान, झाँकी व्यवस्थापन, ट्राफिक र सुरक्षा व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने मन्त्री श्रेष्ठले बताए । नेपाली मौलिक मूर्त–अमूर्त संस्कृति जीवन्त राख्ने र विश्वमा नै यसको महत्व फैलाउने अवसरका रुपमा इन्द्रजात्रालाई लिनुपर्ने उनको भनाइ छ । काठमाडौंका मेयर बालेन्द्र साहले इन्द्रजात्रा व्यवस्थापनमा महानगरले गरिरहेको कामबारे जानकारी गराएका थिए । साहले संस्कृति र सम्पदा क्षेत्र संरक्षणमा तीनै तहका सरकारबीच सहकार्य हुनुपर्ने बताए । ८ दिनसम्म मनाइने इन्द्रजात्रामा वसन्तपुर क्षेत्रमा पुलकिशी, श्वेत भैरव, आकाश भैरव, इन्द्र, गणेश, कुमारीलगायतको जात्रा देखाइनेछ । कुमारी गणेश र भैरवको रथारोहण, देवी र लाखे नाच प्रदर्शन लगायत उत्वस गरिन्छ । राष्ट्रप्रमुख जात्रामा सरिक भएर टीका र प्रसाद ग्रहण गर्दा देशमा सुख शान्ति हुन्छ भन्ने मान्यता छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…