SamwadKhabar logo

               

संघीय खबर

नेपालको अन्तर्राष्ट्रिय सम्बन्धवारे अन्तर्राष्ट्रिय सम्मेलन हुने

संवाद खबर

संवाद खबर

नेपालको अन्तर्राष्ट्रिय सम्बन्धवारे अन्तर्राष्ट्रिय सम्मेलन हुने
भदौ ६, काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठान, नेपालले भदौ १० देखि १२ सम्म नेपालको अन्तर्राष्ट्रिय सम्बन्धवारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । प्रतिष्ठानका निर्देशक डा. दीपक कुमार अधिकारीले सोमबार आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले १० भदौमा उद्घाटन गर्ने सम्मेलनको समापन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने तय भएको छ । सम्मेलनमा अन्तर्राष्ट्रिय सम्बन्धमा अध्ययन र कार्य गरिरहेका ४० वर्षमुनिका विज्ञहरू सहभागी हुनेछन् । भारतबाट ३८ जना विज्ञ आउनेछन् । जम्मा ७० जना विज्ञ सहभागी हुनेछन् । ‘नेपालले भविष्यमा कस्ता नीतिहरूको आधारमा विश्वलाई हेर्ने भन्ने विषयमा यस कार्यक्रमले गहन विषयवस्तुको प्रकाशन गर्नेछ,’ निर्देशक अधिकारीले भने । नयाँ विश्व व्यवस्थामा नेपालको विदेश नीतिबारे कार्यक्रमले दिशानिर्देश गर्ने कार्यक्रमका संयोजक डा. विनय कुमार मिश्रले जानकारी दिए । सेमिनारमा वातावरण, संस्कृति, विश्व राजनीति, सुरक्षा, शान्ति, स्थिरता, व्यापार, प्रविधिलगायतका विषयमा बेग्लाबेग्लै सत्रमा छलफल हुनेछ । आगामी दिनमा एउटा सकारात्मक तथा सृजनात्मक विमर्श एवं संकथन खडा होस् भन्ने पवित्र उद्देश्यका साथ यस संगोष्ठीको आयोजना हुने जनाएको छ । वर्तमान युवा मस्तिष्कले के सोचेको छ र भविष्यमा त्यसलाई कसरी कार्यान्वयन गर्ने लक्ष्य युवाहरूका मनमा रहेको छ भन्ने कुराको समेत त्यस कार्यक्रमबाट समाजले थाहा पाउने अवसर हुनु पर्दछ भन्ने आयोजकको ध्येय रहेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…