SamwadKhabar logo

               

संघीय खबर

निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोल्ने तयारी

संवाद खबर

संवाद खबर

निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोल्ने तयारी
भदौ १४, काठमाडौं । सरकारले आसन्न निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोल्ने भएको छ । निर्वाचन सुरक्षार्थ सो संख्यामा ४० दिनका लागि म्यादी प्रहरीको भर्ना खोल्ने तयारी गरिएको हो । आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । सोही निर्वाचनमा प्रहरीलाई सघाउन एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोल्न अर्थ मन्त्रालयले सहमति दिएको बताइएको छ । प्रहरी प्रधान कार्यालयले एक लाख २० हजार म्यादी प्रहरी आवश्यक पर्ने प्रस्ताव पठाएको थियो । नेपाल प्रहरीका कार्यवहाक आईजीपी सहकुल थापाले सरकारको निर्णय प्राप्त भएपछि थप प्रक्रिया अगाडि बढाइने बताए । उनले भने, “हामीले यसपालि स्थानीय तहको निर्वाचनमा खटिएका म्यादीलाई प्राथमिकता दिने योजना बनाएका छौं । यसबारे आवश्यक गृहकार्य पनि हुँदै छ । विभिन्न निकायसँग समन्वय गरेर निर्वाचन सुरक्षा योजना पनि बनाइरहेका छौँ ।” म्यादी प्रहरीलाई परीक्षालगायत छनोटमा केही सहजता गर्ने प्रहरी प्रधान कार्यालयको योजना छ । गएको वैशाखमा खटिएका म्यादी प्रहरीलाई भर्ना लिँदा स्रोत–साधनको बचत हुने र उनीहरूलाई अनुभव पनि भएकाले सुरक्षामा सहज हुने प्रहरी प्रधान कार्यालयको बुझाइ छ । छनोटका क्रममा पूर्वम्यादी प्रहरीको प्रमाणपत्र हेरिनेछ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले एक लाख म्यादी प्रहरी भर्ना गरेको थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…