SamwadKhabar logo

               

युवा

जनजाति शिक्षा संस्कार केन्द्रको आचार्य प्रशिक्षण वर्ग आरम्भ

संवाद खबर

संवाद खबर

जनजाति शिक्षा संस्कार केन्द्रको आचार्य प्रशिक्षण वर्ग आरम्भ

जनजाति शिक्षा संस्कार केन्द्रको आचार्य प्रशिक्षण वर्ग चितवनमा प्रारम्भ भएको छ ।

२०७९ भाद्र १५ गतेदेखि १९ गतेसम्मका लागि सञ्चालित वर्गको उद्देश्य चेपाङ बस्तीका स्थानीय व्यक्तिहरूलाई अनौपचारिक शिक्षाको शिक्षकका रूपमा प्रशिक्षित गराउनु रहेको जनजाति कल्याण आश्रम नेपालका राष्ट्रिय महासचिव प्रेम थुलुङले बताउनुभयो ।

विशेष गरी चेपाङ बस्तीमा शिक्षाको पहुँच कम भएकोतर्फ कल्याण आश्रमको ध्यान केन्द्रित भएको उल्लेख गर्दै महासचिव थुलुङले त्यहाँका बालबालिकासम्म शिक्षाको ज्योति पुर्‍याउने एउटा प्रयासका रूपमा जनजाति शिक्षा संस्कार केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो ।

चेपाङहरूको मुख्य बसोवास रहेको चितवन, मकवानपुर लगायतका जिल्लाका गाउँमा सरकारी स्कुलसम्म पुग्न विद्यार्थीले बिहान–बेलुकै दुई–तीन घण्टासम्म पैदल हिँड्नुपरेको तथ्य उजागर गर्दै उहाँले ती विद्यार्थीका लागि सहयोगी शिक्षकका रूपमा समेत शिक्षा संस्कार केन्द्रका आचार्यले टेवा पुर्याउने विश्वास लिएको उल्लेख गर्नुभयो ।

“शिक्षाको अभावमा एकातिर स्वास्थ्य र आर्थिक विकास समेत कमजोर भइरहेको छ भने विधर्मीहरूले धर्मपरिवर्तन गराएर त्यसैको गलत फाइदा उठाइरहेका छन्,” थुलुङले भन्नुभयो, “जनजातिको सर्वाङ्गीण विकास पर–संस्कृतिको शरण नलिइकन आफ्नै सांस्कृतिक वातावरणमा हुन सकोस् भनेर जनजाति कल्याण आश्रम नेपालले यो आयाम शुरु गरेको हो ।”

चितवनको भरतपुरमा शुरु भएको वर्गबाट हाल चेपाङ गाउँकै १८ जना युवा–युवतीलाई आचार्यका रूपमा प्रशिक्षण दिइँदैछ । भाषा, गणित, विज्ञान तथा नैतिक शिक्षा विषयलाई कसरी प्रभावकारी ढङ्गले शिक्षण गर्ने भन्नेबारे पनि प्रशिक्षण दिइने महिला आयामकी सह–प्रमुख इन्दु ताजपुरियाले बताउनुभयो ।

वर्ग–अन्तर्गत दिनभरिका विविध प्रकारका प्रशिक्षणसँगै जनजाति समाजको लोककला र संस्कृति, आचार्यहरूमा हुनुपर्ने गुण र शिक्षा तथा संस्कार प्रवर्द्धनमा उनीहरूको भूमिका, कल्याण आश्रमका आयाम तथा कार्य, वर्तमान समयमा बाल–बालिकाका लागि संस्कारको आवश्यकता, संवेदनशील क्षेत्र एवं जातिबीच कल्याण आश्रमको कार्यको आवश्यकता आदिबारे पनि प्रबोधन दिइने आयोजकले जनाएका छन् ।

जनजाति कल्याण आश्रम, नेपाल विक्रम संवत् २०५९ सालदेखि जनजातिहरूको सर्वाङ्गीण विकासको निम्ति देशका विभिन्न जिल्लाहरूमा विभिन्न सेवाकार्य सञ्चालन गर्दै आइरहेको छ । ग्रामीण एवं दुर्गम क्षेत्रमा वसोवास गर्दै आइरहेका आर्थिक रूपले विपन्न जनजातिहरू विकासको मूलधाराबाट वञ्चित भएको तथा उनीहरूको समुचित विकास हुन नसकेको कारण कैयौँ देश–विरोधी शक्तिहरू उनीहरूको अवाञ्छित उपयोग गरिरहेका छन् । यसको परिणामस्वरूप धर्मान्तरण, सामाजिक वैमनस्यता आपसी द्वन्द्व आदि घातक समस्या उत्पन्न हुँदैछन् ।

कल्याण आश्रम विभिन्न सेवा कार्य/प्रकल्पहरूको माध्यमबाट जनजातिहरूको शिक्षा, स्वास्थ्य एवं स्वावलम्बनलाई सुदृढ पार्ने कार्य गर्दै आईरहेको छ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

जेठ २७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालकाे १५ दिवसीय संघ शिक्षा वर्ग चितवनको …

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

वैशाख १७, काठमाडौं । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भ…

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्…