SamwadKhabar logo

               

तीर्थ परिचय

आजदेखि इन्द्रजात्रा सुरू, हनुमानढोकामा यःसिं ठड्याइयो

देवराज रिजाल

देवराज रिजाल

आजदेखि इन्द्रजात्रा सुरू, हनुमानढोकामा यःसिं ठड्याइयो
भाद्र २२, काठमाडौँ । काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा बुधबारदेखि सुरु भएको छ । आठ दिनसम्म मनाइने परम्परागत साँस्कृतिक जात्रा हुनमानढोकामा धार्मिक विधिपूर्वक लिंगो अर्थात यः सिं ठड्याएपछि सुरु भएको हो । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहितको लिङ्गो ठड्याएसँगै जात्रा सुरु हुने गर्छ । बुधबार बिहान ७स;१५ बजेको साइतमा लिंगो ठड्याइएको हो । इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें याः’ भनिन्छ । यें भनेको कान्तिपुर नगर र याः भनेको मुख्य जात्रा हो । इन्द्रजात्राका बेला इन्द्रजात्रासम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ । भक्तपुरको चित्तपोलस्थित यः सिंगुँ अर्थात जंगलबाट ल्याइएको ३२ हात लम्बाइको लिंगो मानन्धर समुदायले उठाउने प्रचलन छ । परम्परागत बाजा, गुरुजुको पल्टन र मंगलधुनका साथ तोप पड्काएर लिंगो ठड्याइन्छ । इन्द्रलाई वर्षा र सहकालको देवता मानिन्छ । नेवार समुदायमा मनाइने यो जात्राको उद्गम थलो हनुमानढोका दरबार क्षेत्र मानिन्छ । आठ दिनसम्म विभिन्न बाजा बजाएर नाच, गान, रथयात्रा गरी यो पर्व मनाइन्छ । हिन्दू र बौद्ध धर्मावलम्बी नेवार समुदायको यो साझा चाडका रूपमा लिइन्छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

२४ साउन, काठमाडौं ।प्रत्येक वर्ष साउनभर गुल्मीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रेसु…

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

पदम श्रेष्ठ २३ साउन, काठमाडौं । पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको डहरे देउ…

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

२१ असार, काठमाडौं । धरान उपमहानगरपालिका२० स्थित विष्णुपादुका मन्दिर धार्मिक आस्थाको …

पलाञ्चोक भगवतीः संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम

पलाञ्चोक भगवतीः संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम

जेठ ८, काठमाडौं । पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा हरेक वर्ष चण्डीपूर्णीमाको अव…