SamwadKhabar logo

               

संघीय खबर

‘गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई दण्डित गर्नुपर्छ’

संवाद खबर

संवाद खबर

‘गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई दण्डित गर्नुपर्छ’
भदौ २२, काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक अघि बढाउँदा गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई दण्डित गर्ने प्रावधान अनिवार्यरुपमा समेट्न सुझाव दिइएको छ । कानून, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा विधेयकमाथिका संशोधनकर्ताले विधेयक अघि बढाउने सिलसिलामा नेता मात्र मिल्ने होइन अपराधीलाई दण्डित गर्ने प्रावधान राखेर मात्र विधेयक अघि बढाउन सुझाव दिए । समिति सदस्य शान्तिमान पाख्रिनले सुतिरहेको, कक्षामा पढाइ रहेको व्यक्तिलाई अपहरण गरी चरम यातना दिएर हत्या गर्ने कार्य गम्भीर मानवअधिकार उल्लङ्घनको घटना होइन र भनी प्रश्न परे । विगत द्वन्द्वका समयमा भएका घटनाको सत्यनिरुपण गर्ने सन्दर्भमा १६ वर्षअघि ल्याउने भनिएको उक्त संशोधन विधेयक अघि बढाउने सन्दर्भमा प्रमुख राजनीति दलबीच कुनै मतभेद र समस्या नरहेको स्पष्ट पारिएको छ । समिति सभापति कृष्णभक्त पोखरेल भन्छन्, ‘विधेयक अघि बढाएर चालु अधिवेशनबाटै पारित गर्ने विषयमा कहीँकतै कुनै पनि दलको फरक पोजिसन छैन जतिसक्यो छिटो सदनमा लैजानुपर्छ ।’ उक्त विधेयकमाथि आवश्यक रायसुझाव राख्न पाइएन भन्ने पीडित र सरोकारवालाको राय रहेकाले समितिले बिहीबारको वैठकमा उनीहरु र राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीलाई छलफलका लागि आमन्त्रण गरिएको छ । समिति सदस्य गगनकुमार थापाले हत्या र यौनजन्य हिंसामा संलग्नलाई कारवाही गर्ने विषयसँग जोडिएका विषयलाई घरेलु कानूनले मात्र निर्णयमा पुग्न कठिन हुने भएकाले सजाय घटाउने र माफी मिनाह प्रदान गर्ने विषयमा अनिवार्य कारण खुलाउन आवश्यक छ भने । उनले भने, ‘राज्य होस् वा विद्रोही पक्षबाट पीडित हुनेले न्याय पाउनुपर्छ, विधेकलाई ढिलो गर्ने विषयमा आन्तरिक सहमति गर्न सकिने भए पनि पास गरेर अघि बढ्ने कुरामा सबैको सहयोग र समर्थन आवश्यक छ ।’ बैठकमा समिति सदस्य अमृता थापा मगरले १६ वर्षपछि निकै मेहनत र तयारीका साथ ल्याइएको विधेयक आवश्यक र सही रहेको बताए । उनले भने, ‘द्वन्द्वका समयमा आमनेसामने भएका शक्ति नै अहिले सरकारमा गठबन्धनमा रहेको अवस्था छ, न्याय प्रदान गर्ने संयन्त्रलाई भने समावेशी बनाउन आवश्यक छ ।’ समिति सदस्य यशोदा सुवेदीले राजनीतिक मुद्दाका कारण विगतमा प्रतिद्वन्द्वी जस्तो देखिएका राजनीतिक दल र समाजबीच अहिले अन्तरघुलन भइसकेकाले द्वन्द्वका घाउलाई चिमोट्ने र कोट्याएर विचलित र बेचइनको अवस्था आउन नदिने ढङ्गबाट विधेयक अघि बढाउनुपर्छ भने । विधेकलाई टुङ्ग्याउने सन्दर्भमा कानूनी पाटोबाट नभई राजनीतिक हेर्न सुझाव दिँदै उनले मनमा तुस रहनेगरी हुने निर्णयले परिपूरणको विषय सम्बोधन हुन सक्दैन भने ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…