SamwadKhabar logo

               

संघीय खबर

यी क्षेत्रमा आज बाढीको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

संवाद खबर

संवाद खबर

यी क्षेत्रमा आज बाढीको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह
भदौ ३१, काठमाडौं । देशका केही ठूला नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार देवघाटस्थित नारायणी, दमौलीस्थित सेती, कुमालगाउँस्थित कालीगण्डकी, चिसापानी र असाराघाटस्थित कर्णाली, समजीघाटस्थित भेरी नदीमा बहाव उल्लेख्य बढ्नेछ । यस्तै, दिपायलस्थित पश्चिम सेती, पारिगाउँस्थित महाकाली, पधेरादोभानस्थित वाग्मती, रजैयास्थित पूर्वी राप्ती, कुसुमस्थित पश्चिम राप्ती र चेपाङस्थित बबई नदीमा बहाव उल्लेख्य बढ्नेछ । आज सिन्धुली, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, तनहुँ, धादिङ, नुवाकोट, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा आसपास भई बहने केही साना नदीहरूमा पनि बहाव बढ्नेछ । यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, जुम्ला, कालीकोट, अछाम, बाजुरा, बझाङ, दाङ, सल्यान, सुर्खेत, दैलेख, डोटी, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला र आसपास भई बहने केही साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ । महाशाखाका अनुसार इलाम, धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, हुम्ला र आसपास भई बहने केही स–साना नदीहरूमा पनि बहाव बढ्न सक्ने पूर्वानुमान छ । आज अर्घाखाँची, पाल्पा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, सल्यान, सुर्खेत, दैलेख, डोटी, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र डडेल्धुरामा बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ । नदीतटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…