SamwadKhabar logo

               

संघीय खबर

व्यक्तिगत निमन्त्रणामा स्थानीय तहका जनप्रतिनिधि विदेश भ्रमणमा जान नपाउने

संवाद खबर

संवाद खबर

व्यक्तिगत निमन्त्रणामा स्थानीय तहका जनप्रतिनिधि विदेश भ्रमणमा जान नपाउने
असोज ४, काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले व्यक्तिगत नाममा आएको निमन्त्रणामा विदेश भ्रमणको अनुमति नपाउने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भदौ २१ गते राज्य मन्त्रिस्तरीय निर्णयबाट नयाँ प्रावधान ल्याएको छ । पछिल्लो समय प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिलाई आएका विदेश भ्रमणको सहमतिका लागि आउने सिफारिसमा व्यक्तिगत निमन्त्रणा बढी आएको भन्दै कार्यालयले कडाइ गरेको हो । व्यक्तिगत निमन्त्रणा आउने, कार्यक्रम गैरसरकारी संस्थाले आयोजना गरेको प्रकृतिको हुने र कतिपय कार्यक्रम सम्बन्धित पदाधिकारीको कार्य क्षेत्रसँग सम्बन्धित नरहेको भन्दै विदेश भ्रमणको अनुमति दिन समस्या परेको कार्यालयको भनाइ छ । कतिपय अवस्थामा आमन्त्रण गर्ने संस्थाको आधिकारिकतासमेत पुष्टि हुन नसकेको र कतिपय सिफारिस विदेश भ्रमणको मनोनयन निर्देशिकाको प्रावधान अनुकूल नआएको समस्या समेत देखिएको कार्यालयले उल्लेख गरेको छ । सोही अनुसार अब व्यक्तिगत नाममा प्राप्त भएको निमन्त्रणका आधारमा कुनै पनि पदाधिकारीलाई विदेश भ्रमणको मनोनयन नगर्ने निर्णय कार्यालयले गरेको हो । कार्यालयले वैदेशिक भ्रमणका लागि प्रदेशका पदाधिकारी÷कर्मचारी मनोनयन गर्नुपूर्व ‘प्रदेश तथा स्थानीय तहले विदेशी सरकार, नियोग र अन्तर्राष्ट्रिय संघसंस्थासँग सम्पर्क गर्दा अवलम्बन गर्नुपर्ने कार्यविधि सम्बन्धी निर्देशिका २०७६ बमोजिम परराष्ट्र मन्त्रालयको सहमति लिन र सहमति प्राप्त भएपछि मात्र मनोनयन गर्ने निर्णय समेत गरेको छ । यस्तै, कार्यालयले अब नेपालसँग दौत्य सम्बन्ध कायम भएका विदेश सरकार, नेपाल सदस्य भएका अन्तर्राष्ट्रिय संघ संस्था, संयुक्त राष्ट्रसंघ र सो अन्तर्गतका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गर्ने बाहेक स्थानीय गैरसरकारी संघ संस्थाको कार्यक्रममा मनोनयन नदिने निर्णय गरेको छ । कुनै पनि संस्थाबाट निमन्त्रणा पत्र प्राप्त भएपछि सम्भव भएसम्म सो संस्था र निमन्त्रणा पत्रको आधिकारिकता बुझी तथा संस्थाबाट सञ्चालन हुने कार्यक्रम पदाधिकारीको कार्यक्षेत्रसँग सम्बन्धित भएरनभएको यकिन गरेर मात्र मनोनयनसम्बन्धी प्रक्रिया अगाडि बढाउने समेत निर्णय गरेको छ ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…