SamwadKhabar logo

               

मनोरञ्जन

भारतीय हास्यकलाकार राजु श्रीवास्तवको निधन

संवाद खबर

संवाद खबर

भारतीय हास्यकलाकार राजु श्रीवास्तवको निधन
असोज ५, काठमाडौँ । चर्चित भारतीय कमेडियन तथा अभिनेता राजु श्रीवास्तवको निधन भएको छ । राजुलाई केही दिनअघि ब्रेन डेड घोषणा गरिएको थियो । ५८ वर्षीय राजु श्रीवास्तवलाई हृदयघात भएपछि दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो । राजु श्रीवास्तव अगस्ट १० देखि अस्पतालमा भर्ना भएका थिए । जहाँ उनको उपचारको क्रममा मृत्यु भएको हो । राजु श्रीवास्तव हिन्दी चलचित्र र टिभी कार्यक्रमहरूमा आफ्नो कमिक टाइमिंगको लागि चिनिन्छन् । राजु श्रीवास्तव भारतकै सबैभन्दा लोकप्रिय हास्य कलाकारहरू मध्ये एक थिए । भदौ १० गते होटलको जिममा कसरत गरिरहेका बेला उनलाई हृदयघात भएको थियो । हृदयघात अघि राजु ट्रेडमिलमा दौडिरहेका थिए । त्यही क्रममा उनको छाती दुखेको महसुस भएपछि उनी तुरुन्तै तल खसेको बताइएको छ । त्यसपछि राजुलाई तत्काल अस्पताल लगिएको थियो । हृदयघातपछि राजु श्रीवास्तवको एन्जियोग्राफी पनि गरिएको थियो । जसमा उनको मुटुको ठूलो हिस्सा शतप्रतिशत ब्लक भएको पाइएको थियो । कानपुर निवासी राजु श्रीवास्तवको वास्तविक नाम सत्य प्रकाश श्रीवास्तव हो । उनी पर्दामा गजोधर भैयाको नामले चर्चित थिए । उनको जन्म २५ डिसेम्बर १९६३ मा जन्मनुभएको थियो । श्रीवास्तवले आफ्नो अभिनय कलाले सबैलाई हँसाउँथे आएका थिए । श्रीवास्तवले आफ्नो भाग्य राजनीतिमा आजमाएका थिए । २०१४ को लोकसभा चुनावमा समाजवादी पार्टीले उनलाई कानपुर सिटबाट उम्मेदवार बनाएको थियो तर उनले स्थानीय पार्टी कार्यकर्ताको समर्थन नपाएको भन्दै टिकट फिर्ता गरेका थिए । पछि उनी त्यही वर्ष मार्ट २०१४ मा भाजपामा सामेल भए । राजु श्रीवास्तव सन् १९८० को दशकदेखि मनोरञ्जन क्षेत्रमा सक्रिय छन् । सन् २००५ मा स्ट्यान्ड–अप कमेडी शो ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’ को पहिलो सिजनमा भाग लिएपछि उनले धेरै लोकप्रियता कमाएका थिए । उनले ‘मैने प्यार किया’, ‘बाजीगर’, ‘बम्बे टु गोवा’ ९रिमेक० र ‘आमदानी अथनी खर्चा रुपैया’ जस्ता चर्चित फिल्महरुमा अभिनय गरेका थिए ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

१९ भाद्र, काठमाडौं । सरकारले सर्वसाधारणका लागि असोज ३ गतेदेखि धरहरा खुला गर्ने तया…

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

१२ भाद्र, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज चालु आर्थिक वर्षदेखि अनलाइन भुक्तानी प्रणा…

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ …