SamwadKhabar logo

               

संघीय खबर

सशस्त्र प्रहरी बलमा डिआइजी दाहाललाई एआइजीमा सिफारिस

संवाद खबर

संवाद खबर

सशस्त्र प्रहरी बलमा डिआइजी दाहाललाई एआइजीमा सिफारिस
असोज ७, काठमाडौं। सशस्त्र प्रहरी बल, नेपालका नायव महानिरीक्षक (डीआईजी) बंशीराज दाहाल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरिएको छ। गृह मन्त्रालयमा बिहीबार राति बसेको बढुवा समितिको बैठकले उनलाई एकल बढुवा सिफारिस गरेको हो। बढुवा समिति सचिवालयका सदस्य सचिव राजु आर्यालले सिफारिस गरिएको सूचना जारी गरेका छन्। सरकारले २१ भदौको मन्त्रिपरिषद् बैठकबाट सशस्त्र प्रहरीमा एउटा एआईजी दरबन्दी थप गरेको हो। एआइजी बढुवासँगै सशस्त्रमा भावी आइजीपीका लागि उनको पनि प्रतिस्पर्धा हुने देखिएको छ। हालका आइजीपी अर्यालको कार्यकाल सकिएपछि अर्का एआइजी नारायणदत्त पौडेल र एआइजी दाहालबीच प्रतिस्पर्धा हुने देखिएको हो। २०८१ सालमा सीपी गौतमको अवकाश हुने भएपछि उनीहरुबीच प्रतिस्पर्धा देखिएको हो। दाहालको बढुवासँगै नयाँ संगठनात्मक स्वरूप निर्धारण ९ओ एण्ड एम० अनुसार कार्य तथा सीमा विभाग फुटाइएको छ। जसअनुसार सीमा विभागमा बढुवा हुने एआईजीले कमाण्ड गर्नेछन् । उपत्यका बाहिनीमा रहेका डीआईजी दाहाल सिफारिस भएको सातदिनभित्र कुनै उजुरबाजुर नभए बढुवा हुनेछन्। उनी बढुवा बरियतामा एक नम्बरमा थिए। उनका प्रतिस्पर्धी किशोर प्रधान थिए ।सशस्त्र प्रहरीमा डीआईजी दाहाल हालका महानिरीक्षक राजु अर्यालकै ब्याची हुन्।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…