SamwadKhabar logo

               

संघीय खबर

राष्ट्रपति-सरकार द्वन्द्व : ‘राजनीतिक हिंसा भड्कन नदिन सुरक्षाका सबै निकाय सचेत’

संवाद खबर

संवाद खबर

राष्ट्रपति-सरकार द्वन्द्व : ‘राजनीतिक हिंसा भड्कन नदिन सुरक्षाका सबै निकाय सचेत’
असोज ८, काठमाडौं । नेपाली सेनाको संयोजनमा सुरक्षा निकायका सबै प्रमुखहरुले विहिबार मुलुको आन्तरिक सुरक्षा र बद्लिदो राजनीतिक परिस्थितिबारे गम्भीर परामर्श गरेका छन् । प्रधानसेनापति प्रभुराम शर्माको संयोजनमा भएको बैठकमा मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक घट्नाक्रमको बारेमा छलफल भएको हो ।राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेपछि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र पाँच दलीय गठन्बन्धन दलहरुले राष्ट्रपति भण्डारीको विरुद्ध हस्ताक्षरसहित विज्ञप्ति प्रकासित गरेको भोलिपल्ट जंगी अड्डामा सुरक्षा अंगका प्रमुखहरुको बैठक बसेको थियो । राजनीतिक दलहरुले संसद मार्फत ल्याएको विधेयकका विषयमा राष्ट्रपति भण्डारीले विभिन्न क्षेत्रका मानिसहरुलाई बोलाएर परामर्श गरेपछि विधयेकलाई प्रमाणिकरण नगर्ने टुंगोमा पुगेकी थिइन । सोही बेला संसद पनि निस्कृय भएपछि उपराष्ट्रपति पुनसहित सरकार र सरकार सम्बद्ध दलहरुले राष्ट्रपतिलाई विवादमा ल्याउने गरी विज्ञप्ति जारी गर्नुले त्यसको असर सुरक्षा अंगमा परेको स्पष्ट देखिन्थ्यो । ‘यस्तो अवस्थामा मुलुकभित्र राजनीतिक हिंसा भड्किन सक्ने संभावनालाई ध्यानमा राखेर सुरक्षा अंगका प्रमुखहरुको बैठक बसेको हो’, सैनिक स्रोतले भन्यो । बैठकमा उनीहरुले आगामी निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नेबारे छलफल गर्ने भनिएपनि राष्ट्रपति विरुद्ध हुनसक्ने संभावित आन्दोलनका विषयमा छलफल भएको थियो । ‘राष्ट्रप्रमुखमाथि सबैतिरबाट आन्दोलन हुने अवस्था देखियो, नागरिकता विधेयक प्रमाणिकरण नगरेको विषयलाई राजनीतिकरण गर्न खोजियो, यसका सुरक्षा निकायको भूमिका कस्तो रहने हो भन्ने बारेमा छलफल भएको थियो’, सैनिक स्रोतले भन्यो । स्रोतका अनुसार प्रमुख प्रतिपक्षी मौन बसेको र सरकार पक्षनै राष्ट्रपतिका विरुद्ध उभिएपछि सुरक्षा अंगलाई अप्ठेरो परेको थियो । ‘सरकार चाहि आन्दोलनकारी जस्तो देखियो, प्रतिपक्ष मौन देखियो, यस्तो बेला सुरक्षा अंग पनि अलमलिएका बेला जंगी अड्डाले बोलाएर समन्वय गरेको हो’, स्रोतले भन्यो । बैठकमा प्रधान सेनापति महारथी प्रभुराम शर्मा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा सहभागी भएका थिए । सो अवसरमा नेपाली सेनाका उच्च अधिकृतहरुको समेत सहभागिता रहेको सेनाले जनाएको छ । मुलुकको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै प्रमुखहरुले आसन्न निर्वाचनलाई शान्तिपूर्ण ढंगले सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था गरिने सम्बन्धमा छलफल भएको बताइन्छ । राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाउने र नागरिकता विधेयकलाई देखाएर मुलुकमा अस्थिर राजनीतिक अवस्था सिर्जना गर्न खोज्ने तत्वहरुप्रति सुरक्षा अंग सधै सचेत रहनुपर्ने विषयमा छलफल भएको स्रोतको दावी छ । ‘सरकारसम्बद्ध दलका भातृसंगठनहरुले आन्दोलन गर्न खोजेको देखियो, तराई मधेशमा अर्को पक्षले आन्दोलन नै घोषाणा गरेको देखियो, अवस्था अस्तव्यस्त हुँदै गए निर्वाचनलाई धकेल्ने पक्षले खेल्न पाउछन् यस्तो बेला सुरक्षा अंगले संवेदनशील भएर मुलुकको सुरक्षामा ध्यान दिनपर्छ भन्ने बारेमा सुरक्षा प्रमुखहरु सहमत हुनुभयो’, स्रोतले भन्यो । बैठकमा खासगरी तराई मधेशमा हुने अराजनीतिक गतिविधि र विभिन्न राजनीतिक दलहरुले शहरकेन्द्रीत गर्ने आन्दोलनको विषयमा पनि सुरक्षा अंगका प्रमुखहरुलाई सैनिक मूख्यालयले तयार पारेको रिपोर्ट विफ्रिङ गरिएको थियो। उनीहरुले नागरिकता विधेयकलाई दलहरुले चुनावी एजेण्डा बनाउदै लगेमा अन्तिममा आन्दोलनको स्वरुप ठूलो हुन गई अनियन्त्रित हुनसक्ने तर्फ पनि सुरक्षा अंग सचेत भएर मुलुकको आन्तरिक बाह्य सुरक्षाप्रति सचेत रहनुपर्ने विषयमा छफल भएको सुरक्षा स्रोतको दावी छ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…