SamwadKhabar logo

               

संघीय खबर

४३ औँ विश्व पर्यटन दिवस मनाउँदै

संवाद खबर

संवाद खबर

४३ औँ विश्व पर्यटन दिवस मनाउँदै
असोज ११, काठमाडौँ । आज ४३ औँ विश्व पर्यटन दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । दिवसलाई सरकार र निजी पर्यटन व्यवसायीहरूले विभिन्न कार्यक्रम गरी मनाउन सुरु गरेको छ । ४३ औँ विश्व पर्यटन दिवसको अवसरमा पर्यटन क्षेत्रमा संलग्न सम्पूर्णमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले शुभकामना व्यक्त गर्नुभएको छ । नेपालमा रहेका पर्यटकीय उपजहरूलाई पहिचान , विकास , सञ्चालन , प्रवर्द्धन र संवर्द्धन गर्दै विश्वभरिका पर्यटकलाई नेपालमा आकर्षण गरी विदेशी मुद्राको आर्जन , रोजगारी सिर्जना र राष्ट्रिय आयको अभिवृद्धि गरी पर्यटन उद्योगलाई मुलुकको अर्थतन्त्रको बलियो आधार स्तम्भको रूपमा स्थापित गर्न प्रबल सम्भावना रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ को महामारीबाट पर्यटन क्षेत्र आहत भई पुनरुत्थानको चरणमा छ । कोभिड १९ को महामारी पछिको अवस्थामा पर्यटन क्षेत्रको विविधीकरण र ब्राण्डिङमा समयानुकूल पुनर्विचार गर्दै नयाँ अवसरहरूको पहिचान र उपयोग गर्नुपर्ने अवस्था सिर्जना गर्न मन्त्रालय लागि परेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले बताउनुभयो । नेपालमा अवस्थित प्राकृतिक , धार्मिक तथा सांस्कृतिक र साहसिक गन्तव्यहरूका कारण पर्यटन क्षेत्र तुलनात्मक एवम् प्रतिस्पर्धात्मक लाभ भएको क्षेत्रको रूपमा पहिचान गरिएको छ । त्यसैले निजी क्षेत्र र सरकारी क्षेत्रको सामूहिक प्रयासबाट पर्यटन क्षेत्रलाई थप विकास र विस्तार गर्ने तथा पूर्वाधार निर्माणमा जोड दिने र यस क्षेत्रलाई उद्योगको रूपमा विकास गर्ने कार्यक्रम अघि सारेको मन्त्री श्रेष्ठले बताउनुभयो । मन्त्रालयले नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना , २०७९ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ भने सन् २०२३ देखि २०३२ लाई नेपाल भ्रमण दशक मनाउने सरकारले निर्णय गरेको छ ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…