SamwadKhabar logo

               

संघीय खबर

दशैंको सट्टा खोकनामा सिकाली जात्राको रमझम (फोटो फिचर)

संवाद खबर

संवाद खबर

दशैंको सट्टा खोकनामा सिकाली जात्राको रमझम (फोटो फिचर)
असोज १५, ललितपुर । ललितपुरको खोकनामा सिकाली जात्राको रमझम सुरु भएको छ । सिकाली चौरमा रहेको मन्दिरमा भेला भएर स्थानीयले सो जात्रा मनाइरहेका छन् । दशैंको सट्टामा त्यहाँका स्थानीयले यो जात्रा घटस्थापनाको दिनदेखि नवमीको दिनसम्म मनाउने गर्दछन् ।   यस पर्वमा हिन्दु धर्मका विभिन्न १४ देवीदेवताको पूजाआजाका साथै परम्परागत नाच तथा संगीत प्रदर्शन गरिन्छ । दशैंको अवधिभर मनाइने यो जात्रामा आफन्त तथा साथीभाइलाई बोलाएर खुवाउने, नाचगान तथा जात्रा देखाउने गरिन्छ । ललितपुर महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष रवीन्द्र महर्जनले हरेक नागरिक र राष्ट्रकै मनमा शान्ति मिलोस् भन्ने कामनाका साथ यो जात्रा मनाउने गरिएको बताउनुभयो । जात्रामा रुद्रायणीदेवीको मूर्ति खटमा राखेर नगरपरिक्रमा गर्ने गरिन्छ भने भक्तजनहरुका लागि विभिन्न स्थानीय गुठीहरुले निःशुल्क प्रसादको रुपमा भोजन गराउने गर्दछन् । यो जात्रा दशैंको बेलामा यहाँ सुरु हुने गर्दछ । जात्रामा स्थानीयले आफ्नो परम्परागत बाजागाजा बजाउने गर्दछन् भने जात्राको व्यवस्थापन स्थानीय गुठीहरुले गरेका हुन्छन् । – रासस  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…