SamwadKhabar logo

               

अर्थ व्यवसाय

भक्तपुरका किसान मखमली फूल टिपेर माला उन्नमा व्यस्त

संवाद खबर

संवाद खबर

भक्तपुरका किसान मखमली फूल टिपेर माला उन्नमा व्यस्त
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डु गाउँ मखमली, सयपत्री र गोदावरी फूलहरुको सुगन्धले मगमगाएको छ ।
तिहार नजिकिएसँगै यहाँका किसान र गृहिणीलगायत फूल व्यवसायी फूल टिपेर माला उन्न व्यस्त भएका छन् । यस क्षेत्रका खेतबारी, करेसाबारी रंगीन फूलले छपक्क छोपेको छ । स्थानीयवासीलाई फूल टिप्ने र माला बनाउने चटारोले भ्याई–नभ्याई छ । किसानले खेतमा फूल रोपेर व्यापार गर्दै आएको स्थानीयको भनाइ छ । यो क्षेत्रका किसानले असार, साउनदेखि नै मखमली फूल टिपेर माला गाँस्न थाल्छन् । बिहान फूल टिप्ने र दिउँसो माला उन्ने काम साउन यता स्थानीयको दिनचर्या बनेको छ । किसानहरू एक–अर्कामा अर्मपर्म गरेर मखमलीको खेती गर्दछन् । तिहारमा विशेष माग हुने र नजिकको बजारलाई पायक बनाइ माला उन्ने काम गरिरहेको स्थानीयले बताएका छन् ।
तिहारका लागि आवश्यक फूल उत्पादन हुने सो क्षेत्रका किसानका लागि बजारको समस्या भने नभएको स्थानीयको भनाइ छ । विशेषगरी, राजधानीका फूल व्यवसायी घरमै माला किन्न आउने र माला उनेर ठिक पारेपछि प्रतिमाला ३० रुपैयाँसम्म घरबाटै बिक्री हुने भएकाले बजारको समस्या नभएको स्थानीयहरू बताउँछन् । फूलको व्यापार र बजार बढेपनि नेपालमा उत्पादित फूलले चाडबाडको बेला बजार धान्न सक्ने स्थिति छैन् ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …