SamwadKhabar logo

               

संघीय खबर

काउन्सिलसँग समन्वय गरेर अघि बढ्न आयोगलाई पत्रकारको सुझाव

संवाद खबर

संवाद खबर

काउन्सिलसँग समन्वय गरेर अघि बढ्न आयोगलाई पत्रकारको सुझाव
असोज २८, काठमाडौँ । निर्वाचन आयोगले मिडिया अनुगमनको नाममा सेना र प्रहरीको साइबर ब्युरो राखेर सञ्चारमाध्यम, सामाजिक सञ्जाल अनुगमन गर्ने तयारी गरेकोप्रति नेपाल पत्रकार महासङ्घसहित सरोकारवाला निकायले विरोध जनाएका छन् । प्रेस काउन्सिल नेपालले आयोजना गरेको छलफलमा सरोकारवाला निकायका प्रतिनिधिले सो विरोध जनाएका हुन् । आयोगले मिडिया अनुगमनका लागि प्रेस अफिस नामक संरचना खडा गरेको र त्यसले प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारमा प्रवेश गरेको भन्दै विज्ञहरुले त्यस्तो गलत काम नगर्न आयोगलाई सुझाव दिएका छन् । आसन्न निर्वाचन र आचारसंहिता विषयमा काउन्सिलले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार एवं काउन्सिलका पूर्व अध्यक्ष राजेन्द्र दाहालले आयोगले अनुगमनका लागि जङ्गी कर्मचारी राखेर समस्या निम्त्याएको बताउनुभयो । निर्वाचन आचारसंहिताको सूक्ष्म अुनगमन आयोगले गर्न सक्छ तर त्यसको संरचनामा जङ्गी कर्मचारी राख्दा शङ्का पैदा गराएको छ दाहालले भन्नुभयो । यो कदम उचित नभएको उहाँको सुझाव छ । आयोगले अनुगमनको जिम्मेवारी नदिए पनि आचारसंहिता कार्यान्वयन भए नभएको विगतभन्दा बढी नै काउन्सिल सक्रिय हुनुपर्ने दाहालले बताउनुभयो । ‘आयोगले गठन गरेको संयन्त्रमा सेना प्रहरीसमेत राखेर शाहीकालीन झल्को दिएको दाहालले टिप्पणी गर्नुभयो । आयोग संविधानभन्दा बाहिर जान सक्दैन, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले भन्नुभयो । यस्तो कार्यको विरोध गर्दा कारबाही हुन्छ भने जेल जान पनि हामी तयार छौं उहाँले भन्नुभयो । नेपाल पत्रकार महासङ्घ, प्रेस चौतारी नेपाल, प्रेस युनियन, प्रेस सेन्टर, समाजवावी प्रेस सङ्गठन सबैले काउन्सिलसँग समन्वय नगरेर आयोगले गल्ती गरेको भन्दै उक्त निर्णय सच्याउन माग गर्नुभएको छ । ती सङ्गठनहरुले प्रेस विज्ञप्ति जारी गरी आयोगले मिडियाको अनुगमन र कारवाही आफैँले गर्न खोजे त्यो मान्य नहुने र आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी पनि दिनुभएको छ । पत्रकार महासङ्घका सचिव गोविन्द चौलागाईंले आयोगले अभिव्यक्ति र प्रेस स्वतन्त्रताविरोधी संयन्त्र बनाएको बताउनुभयो । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनका बेला आचारसंहिता कार्यान्वयन गराउन काउन्सिल थप सक्रिय हुने बताउनुभयो । हाम्रो काम मिडियाका कन्टेन्ट अनुगमन गर्ने, आचारसंहिता पालना गराउने र त्यसका लागि आवश्यक समन्वय गर्ने भएकाले अरु बेलाभन्दा थप सक्रिय हुन्छौं उहाँले भन्नुभयो । कार्यक्रममा काउन्सिलका बोर्ड सदस्यहरु दीपक पाण्डे, ठाकुर बेल्वासे र रामप्रसाद दाहालसहित विभिन्न विज्ञ पत्रकारको सहभागिता थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…