SamwadKhabar logo

               

अर्थ व्यवसाय

‘दिगो आर्थिक विकासका लागि स्थायी सरकार र स्पष्ट नीति आवश्यक’

संवाद खबर

संवाद खबर

‘दिगो आर्थिक विकासका लागि स्थायी सरकार र स्पष्ट नीति आवश्यक’
असोज २९, काठमाडौं । नेपालको दिगो आर्थिक विकासका लागि स्थायी सरकार र स्पष्ट नीति आवश्यक रहेको सरोकारवालाहरूले औँल्याएका छन् । असोज २८ गते नेपाल चार्टर्ड अकाउन्टेन्ट्स संघले काठमाडौंमा आयोजना गरेको ‘दिगो आर्थिक विकाससम्बन्धी राष्ट्रिय सम्मेलन २०७९’ मा सहभागी अधिकांश विज्ञहरूले दिगो आर्थिक विकासका लागि स्थायी सरकार आवश्यक रहेको औँल्याएका हुन् । कार्यक्रममा सहभागी अर्थविद्, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका सरोकारवालाले अबको एजेण्डा आर्थिक विकास भएको भन्दै सबैको ध्यान देश विकासमा नै हुनुपर्ने बताएका छन् । अर्थविद् स्वर्णिम वाग्लेले आर्थिक विकासका लागि सरकारले स्थायी रूपमा काम गर्न जरुरत रहेको बताए । उनले नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा नरहेको भन्दै आयातलाई प्रतिस्थापन गर्न उत्पादनशील क्षेत्रमा लगानी बढाउनु आवश्यक रहेको बताए । नेपाल राष्ट्र बैंककी निमित्त गभर्नर निलम ढुङ्गानाले आर्थिक विकासलाई सहयोग गर्न बैंक तथा वित्तीय संस्थाले उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने बताइन् । लगानीयोग्य रकम (तरलता) अभाव रहेपनि उत्पादनशील क्षेत्रमा बैंकले लगानी बढाउनुको विकल्प नरहेको उनको भनाइ छ । दिगो आर्थिक विकासका लागि औद्योगिक विकास हुनुपर्ने तथा बैंकहरूले आफ्नो लगानी पनि सोहीअनुसार बढाउनुपर्ने उनले बताइन् । उद्योगपति विनोद चौधरीले देश विकास नहुँदा हजारौँ युवाले विदेशमा रोजगारी गर्न जानु परेको बताएका छन् । असल राजनीतिज्ञ नहुँदा देश विकास हुन नसकेको भन्दै युवाका कुरा सुन्न आफू गठबन्धनको तर्फबाट आगामी चुनावमा प्रतिस्पर्धामा उत्रिएको उनले बताए । आफूलाई धनसम्पत्ति कमाउनुपर्ने लोभ नभएकाले देशमा युवा शक्तिलाई रोजगारको बाटो खोल्न आफ्नो ध्यान केन्द्रित हुने उनको भनाइ छ । उनले अबको प्रमुख एजेण्डा आर्थिक विकास भएकाले त्यसतर्फ आफ्नो ध्यान जाने बताए । उद्योगी पवन गोल्याणले नेपालीले सुनको भाडो बोकेर भिक मागिरहेको टिप्पणी गरेका छन् । नेपालले उत्पादन गरेर अथाह सामग्री चीन र भारत निर्यात गर्ने सम्भावना हुँदाहुँदै नेपालले त्यसको उपयोग गर्न नसकेको उनले बताए । कृषिजन्य सामग्री उत्पादन गरेर ठूलो अर्थतन्त्र भएका देशमा निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्नसक्ने सम्भावना हुँदाहुँदै देशले त्यसको उपयोग गर्न नसकेको उनको भनाइ छ । “मैले कृषिजन्य उद्योगमा दुई अर्ब रूपैयाँ लगानी गरेको छु । तर, कृषि भन्ने बित्तिकै हामी हलो सम्झन्छौँ । तर हैन,” उनले भने, “जडीबुटी व्यवसायको सम्भावना अत्यधिक छ । सरकारी पक्षबाट कृषिमा सुरक्षा छैन ।” राज्यले कृषि नीति बनाउन नसक्दा यस्ता उद्योग सञ्चालन गर्न समस्या परेको उनले बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र रेमिट्यान्समा आधारित भएको बताएका छन् । गोल्छाले जोसजाँगर भएका युवा काम गर्नकै लागि विदेश जाँदा देशमा काम गर्नसक्ने जनशक्ति कम हुँदै गएको बताए । उनले राज्यका तर्फबाट विकासको मोडल बनाउन नसक्दा काम गर्नसक्ने जनशक्ति विदेशिन बाध्य हुनुपरेको बताए । आफ्नै देशमा रोजगारी सिर्जना गर्न नसक्नु बिडम्बना भएको भन्दै उनले अबको यात्रा आर्थिक समृद्धिको भएकाले राज्यले पनि सोही अनुरूपका पूर्वधार तयार गर्नुपर्ने आवश्यकता औँल्याए । यस्तै बैंकले ब्याजदर बढाउँदा उद्योगीलाई समस्या परेको उनको भनाइ छ । “बैंकको आरओई बढेको छ । नाफा आर्जन गरेका छन्,” उनले भने, “तर, उद्योग सञ्चालन गर्न समस्या परेको छ । हाम्रो नीतिगत व्यवस्था नै ठीक भएन ।” नेपालमा श्रीलंकाको मनोवैज्ञानिक प्रभाव परेको उनले बताए । अर्थतन्त्रमा दबाब नै नभएको तर मनोवैज्ञानिक असर परेको उनको भनाइ छ । अहिलेको स्थितिबाट अर्थतन्त्र छिट्टै निस्किने पनि उनले बताए । सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारीले इमानदार भएर सबैले काम गरे विकासले गति लिने बताए । उनले अवसर पाए जो जता पनि मोडिने प्रवृत्तिका कारण देशले दुख पाएको बताए । देशको विकास गर्न स्थायी सरकार हुनु पर्ने वक्ताहरूको निष्कर्ष थियो ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …