SamwadKhabar logo

               

मनोरञ्जन

भारतीय अभिनेत्री वैशाली ठक्करले गरिन् आत्महत्या

संवाद खबर

संवाद खबर

भारतीय अभिनेत्री वैशाली ठक्करले गरिन् आत्महत्या
असोज ३१, एजेन्सी । चर्चित टेलिभिजन शो ‘ससुराल सिमर का’ मा अञ्जली भारद्वाजको भूमिका निर्वाह गरेकी अभिनेत्री वैशाली ठक्करले आत्महत्या गरेकी छन् । ३० वर्षीया वैशालीको शव इन्दौरको साईबाग कालोनीमा रहेको उनको घरमा भेटिएको थियो । स्टार प्लसको चर्चित टिभी सिरियल ‘ये रिश्ता क्या कहलाता है’ मा संजनाको भूमिकाबाट समेत वैशालीले निकै चर्चा पाएकी थिइन् । प्रहरीका अनुसार वैशालीले झुण्डिएर आत्महत्या गरेकी हुन् । इन्दौरका एसीपी एम रहमानका अनुसार वैशाली ठक्करलाई छिमेकमा बस्ने राहुल नामका युवकले दुर्व्यवहार गरेको जनाइएको छ । जसका कारण वैशालीले आत्महत्या गरेकी हुन् । वैशालीको आत्महत्यापछि राहुल फरार रहेकाले प्रहरीले उनको खोजी कार्य गरिरहेको छ । इन्दौर प्रहरीले पोष्टमार्टमपछि वैशालीको शव परिवारलाई बुझाएको छ । स्थानीयका अनुसार वैशालीले शनिबार राति नै आत्महत्या गरेकी हुन् । तर परिवारले आइतबार बिहान प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलबाट ८ पृष्ठको सुसाइड नोट समेत बरामद गरेको छ । प्रहरीले घटना भएको ७ घण्टापछि जानकारी पाएकाले अब सुसाइड नोटको अनुसन्धान हस्तलेखन विज्ञबाट गरिने भएको छ ।वैशालीले गत वर्ष अप्रिल २६ मा केन्याका डेन्टल सर्जन डा. अभिनन्दनसँग इन्गेजमेन्ट गरेकी थिइन् । नजिकका मानिसहरुको उपस्थितिमा भएको यो समारोहको जानकारी भने अभिनेत्री वैशालीले भिडियो शेयर गरेर दिएकी थिइन् । दुवै जनाले सन् २०२१ को जुनमा विवाह गर्ने भएका थिए । तर अभिनेत्री वैशालीले कोरोनाको कारण एक महिनापछि विवाहको योजना समेत स्थगित गरेकी थिइन् ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता

टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता

२१ कार्तिक, काठमाडौं । टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता भएको छ । सञ्चार तथा सूचन…

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

१९ भाद्र, काठमाडौं । सरकारले सर्वसाधारणका लागि असोज ३ गतेदेखि धरहरा खुला गर्ने तया…

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

१२ भाद्र, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज चालु आर्थिक वर्षदेखि अनलाइन भुक्तानी प्रणा…