SamwadKhabar logo

               

मनोरञ्जन

अभिनेत्री हंसिका मोटवानी विवाह बन्धनमा बाँधिदै

संवाद खबर

संवाद खबर

अभिनेत्री हंसिका मोटवानी विवाह बन्धनमा बाँधिदै
कात्तिक २, एजेन्सी । दक्षिण भारतीय अभिनेत्री हंसिका मोटवानी छिट्टै विवाह बन्धनमा बाँधिने भएकी छन् । उनको विवाहको मितिदेखि विवाह स्थानसम्म सबै कुरा फाइनल भइसकेको छ । भारतीय सञ्चार माध्यमका अनुसार हंसिकाको विवाह निकै विशेष हुने भएको छ । अभिनेत्रीले आफ्नो विवाहको लागि राजस्थानको जयपुरमा रहेको ४५० वर्ष पुरानो मुन्डोटा फोर्ट रोजेकी छिन् । हंसिकाको विवाहको सम्पूर्ण कार्य यही किल्लामा हुनेछ । हंसिकाको विवाहको मिति नजिकै नै छ । तर, विवाह कहिले हो भन्ने कुराको अहिलेसम्म कुनै आधिकारिक घोषणा भने गरिएको छैन । भारतीय सञ्चार माध्यमका अनुसार हंसिकाको विवाह एक राजनीतिज्ञका छोरासँग हुने भनिएको छ । जो चर्चित व्यापारी पनि हुन् । तर, केटाको परिचय पनि खुलाइएको छैन् । विवाह स्थलको कुरा गर्दा जयपुरको मुन्डोटा फोर्टमा हंसिकाको विवाहको तयारी भइरहेको छ । पाहुना कोठादेखि लिएर विवाहको मेनुसम्मको पूर्ण व्यवस्था गरिएको छ । हंसिका चाँडै तमिल फिल्म राउडी बेबीमा देखिनेछिन् । हंसिकाले आफ्नो करियर बाल कलाकारको रुपमा सुरु गरेकी थिइन् । शाका लाका बुम बुम जस्ता टिभि कार्यक्रमबाट अभिनेत्रीले टिभी उद्योगमा आफ्नो पहिचान बनाएकी थिइन् । यति मात्र होइन, उनले बलिउड फिल्म ‘कोई मिल गया’ मा पनि बाल अभिनेत्रीको भूमिका निर्वाह गरेकी थिइन् ।

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता

टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता

२१ कार्तिक, काठमाडौं । टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता भएको छ । सञ्चार तथा सूचन…

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

१९ भाद्र, काठमाडौं । सरकारले सर्वसाधारणका लागि असोज ३ गतेदेखि धरहरा खुला गर्ने तया…

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

१२ भाद्र, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज चालु आर्थिक वर्षदेखि अनलाइन भुक्तानी प्रणा…