SamwadKhabar logo

               

संघीय खबर

नेपालले विपदमैत्री विकास गर्न आवश्यक भएकाे विज्ञको जोड

संवाद खबर

संवाद खबर

नेपालले विपदमैत्री विकास गर्न आवश्यक भएकाे विज्ञको जोड
कात्तिक १५, काठमाडौं । विकासका नाममा अव्यवस्थित शहरीकरण बढीरहेका बेला नेपालमा ‘भोलिको शहर’ लाई जोखिम मुक्त बनाउने अभियानमा संलग्न विभिन्न ५ मुलुकका विषय विज्ञहरुको सम्मेलन सुरु भएको छ । ललितपुरमा जारी ‘टुमरो सिटी अर्वान रिक्स इन ट्रान्जिसन’ नाम दिइएको सम्मेलनमा नेपाल लगायत टर्की, केन्या, इक्वेडर र बेलायतका वैज्ञानिकहरु सहभागी भएका छन् । जलवायुजन्य असरका कारण निम्तिनसक्ने विभिन्न किसिमका विपदका घटनाबाट पुग्नसक्ने क्षतिको पूर्वअनुमान गरी त्यही अनुसारको व्यवस्थापनका लागि सुझाव दिने उद्देश्यका साथ वैज्ञानिकहरु नेपाल, टर्की, केन्या र इक्वेडरका केही शहरको अध्ययन अनुसन्धानमा जुटेका हुन् । ५ दिनसम्म चल्ने सम्मेलनमा विषय विज्ञहरुहरुले आ–आफ्नो देशमा भोलिको शहर परियोजना अन्तर्गत अध्ययनका क्रममा प्राप्त भएका उपलब्धि र चुनौतिको बारेमा स्पष्ट पार्ने भएका छन् । युके रिसर्च एण्ड इनोभेसन, बेलायतका विश्वविद्यालय, प्राक्टिकल एक्शन, नेपाल विकास अनुसन्धान संस्था र एनसेट लगायत विभिन्न संस्थाहरुको संयुक्त पहलमा सुरु भएको भोलिको शहर परियोजनाले पूर्वाधार निर्माण गर्दा भविष्यमा पर्न सक्ने विपद र जोखिमको पूर्व आँकलन गर्नेछ । सोही सम्मेलनमा सहभागी बेलायतस्थित इडिबर्ग विश्वविद्यालयका प्रोफसर जोन म्याक्लोस्कीले नेपाल जलवायु परिवर्तनको मुख्य जोखिममा रहेको मुलुकमा पर्ने भएकाले नेपालको नेतृत्वले आगामी दिनमा कसरी सुरक्षित हुने भन्ने बारेमा आजै कुरा उठाउन जरुरी रहेको बताउनुभयो । उहाँले नेपालमा जलवायु परिवर्तनका कारण भूक्षय, हिमपात, बाढी, पहिरो लगायतका धेरै विपद्हरु वर्षेनी बढीरहेकाले नेपालले प्राकृतिक विपदमैत्री विकास गर्न आवश्यक रहेको बताउनुभयो । त्यसैगरी युनिभर्सिटी कलेज लण्डनका प्रोफेसर कार्मिन गलासोले विकासको मोडललाई विपद्जन्य जोखिमबाटमुक्त गर्ने बारेमा नै अध्ययन अनुसन्धान केन्द्रित भएको बताउनुभयो । विभिन्न सामाजिक सञ्जालका माध्यमबाट त्यस सम्बन्धमा जनचेतना फैलाउने काम पनि गरिरहेको उहाँले बताउनुभयो ।एनसेटका उपकार्यकारी निर्देशक डा. रमेश गुरागाईंले नयाँ पूर्वाधार र बस्तीहरुलाई जोखिममुक्त बनाउने अभियानका साथ भोलिको शहर (टुमरो सिटी) परियोजनाले नेपाल लगायत विभिन्न ४ वटा मुलुकका केही शहरमा अध्ययन गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,(‘भोलिको शहर भन्ने अनुसन्धानको परियोजना हो । यसमा ४ मुलुकहरु नेपाल, टर्की, केन्या र इक्वेडर रहेका छन् । यसमा ४ मुलुक र बेलायतका सबै विश्वविद्यालयका प्रोफेसरहरु यहाँ आउनुभएको छ । यसको मुख्य उद्देश्य विपद व्यवस्थापनमा पहिलेबाट काम गरिरहेका थियौँ । यसमा नयाँ पूर्वाधार, बस्तीहरु जुन हामीले बनाउँछौँ । त्यो बनाउँदा भोलि के होला ? भन्ने कुरालाई अहिले नै अहिले गर्ने हाम्रो निर्णय सही हुन्छ । यो परियोजनाले भोलि बन्ने पूर्वाधारले २० वर्षपछि के होला भन्नेकुरा थाहा हुन्छ । यो वास्तवमा अहिले गरेको निर्णयले भविष्यमा कस्तो खालको असर पर्छ भन्ने कुरा पहिल्यै हेर्ने हो ।’ नयाँ बस्ती वा पूर्वाधार बनाउने क्रममा भोलिको अवस्थाको पूर्व आँकलन गर्नसक्दा जोखिम न्युनिकरण गर्न सहयोग पुग्ने उद्देश्यका साथ नेपालमा सुरु भएको भोलिको शहर ‘टुमरो सिटी’ परियोजनाले हाल ललितपुर महानगरपालिकाको खोकना र बुंगमतिमा अध्ययन अनुसन्धान गरिरहेको छ । सोही सम्मेलन शुक्रबारसम्म जारी रहने छ ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…