SamwadKhabar logo

               

अर्थ व्यवसाय

नेताहरू दूरदर्शी नहुँदा गौतमबुद्ध विमानस्थलमा समस्या : उधोगी

संवाद खबर

संवाद खबर

नेताहरू दूरदर्शी नहुँदा गौतमबुद्ध विमानस्थलमा समस्या : उधोगी
कात्तिक १५, भैरहवा । रुपन्देहीका उद्योगी व्यवसायीले राज्यका लागिआफूहरु कर असुल्ने ठाउ मात्रै रहेको भन्दै दुखेसो पोखेका छन् । निजी क्षेत्र तथा संघ संस्थाहरुसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागी उद्योगी व्यवसायीहरुले बैंकहरूले अत्याधिक ब्याज बढाउँदा पनि राज्य कानमा तेल हालेर बसेको आरोप लगाए । संयुक्त निर्वाचन प्रचार प्रसार समितिले भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरूले पर्यटक आगमनमा सीमा लगाउने, एयरपोर्टमा अर्बौं लगानी गरेर संचालनमा नल्याउने, निजी क्षेत्रले ऋण लिएर केही गर्न खोज्दासमेत बैंकले शोषण गर्ने, कच्चा पदार्थ ल्याउनुभन्दा तयारी बस्तु ल्याउँदा कम भन्सार लगाउने जस्ता नीति छन् । यस्ता कारणले नै आर्थिक संकटको सुरुवात भएको उनीहरुको भनाइ छ । सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष भीष्म न्यौपानेले नेताहरू दूरदर्शी नहुँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सृजना भएको बताए । उनले भैरहवामा जतिसक्दो छिटो आईसीपी बनाउनुपर्ने, बैंकिङ ब्याजदर तत्काल घटाउनु जरुरी रहेको बताए । उद्योग व्यापार संगठनका अध्यक्ष अनिल ज्ञवालीले नेपाल आउने सामानको भन्सार नगरे पनि सीमाविन्दुमा लेखाजोखा राखे पनि केही हदसम्म नियन्त्रण हुने, सरकार नै उद्योगी व्यवसायीलाई धरासायी बनाउनेतर्फ लागेकोले अब सरकारविरुद्ध आन्दोलन गरी बैंकहरुमा समेत ताला लगाउनुपर्ने बताए । कार्यक्रममा बोल्दै नेपाल होटल एशोसियनका चन्द्र प्रकाश श्रेष्ठले बैंकले ८ प्रतिशतमा दिएको ब्याज १८ प्रतिशतमा पुर्‍याउनु शोषण नै रहेको भन्दै यसमा पनि सरकारको मिलामतोको आश‌ंका गरे । गैसस महासंघका केन्द्रीय सदस्य, होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रुपन्देही अध्यक्ष बिस्नु न्यौपाने, मदिरा व्यवसायी संघका अध्यक्ष केशवराज ज्ञवाली, ट्रान्सपोर्ट व्यवसायी रामकृष्ण लोहनी, व्यवसायी नेत्रप्रसाद आचार्यलगायतले देशमा आर्थिक सुशासनमा जोड दिए ।

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

यो पनि

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

गरिबी न्यूनीकरणका लागि कृषिमा लगानी बढाउनु पर्छ : मन्त्री अधिकारी

२७ भाद्र, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गरिबी न्यूनीकरण…

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई दुई वर्षसम्म कैद सजाय हुने

२३ भाद्र, काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षस…

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

सरकारले हटायो विद्युत् प्राधिकरणका दुई सञ्चालक, अदालत जाने तयारी

साउन २०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई जना सदस्यलाई हटाइ…

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी

१ साउन, काठमाडौं । काठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले रोजगारी पाएका छन् …