SamwadKhabar logo

               

संघीय खबर

मानवअधिकार आयोगमा अवैध सचिव

संवाद खबर

संवाद खबर

मानवअधिकार आयोगमा अवैध सचिव
कात्तिक १५, काठमाडौं । कुनै पनि पदमा ६ महिनाभन्दा लामो समय कायममुकायम दिन मिल्दैन । तर, मानवअधिकारको संरक्षण गर्ने संवैधानिक निकाय राष्ट्रिय मानवअधिकार आयोगको हकमा भने यो नियम लागू भएको छैन । जहाँ डेढ वर्षदेखि कामु सचिव कार्यरत छन् । सचिवको बढुवा हुन नसक्दा आयोग डेढ वर्षदेखि कामुको भरमा चलेको छ । सहसचिव मुरारी खरेल डेढ वर्षदेखि आयोगमा कामु सचिवका रूपमा कार्यरत छन् । कसरी सचिव बढुवा गर्ने भन्ने विषयमा विवाद हुँदा यसरी संवैधानिक आयोग अवैध कामुको भरमा चलेको हो । निजामती सेवामा सहसचिवमा पाँच वर्ष अवधि पुगेका सहसचिव सचिव बढुवाका लागि योग्य हुने भन्ने छ । तर, आयोगका कर्मचारी निजामतीमा पर्दैनन् । आयोगको सिफारिसमा सरकारले बढुवा गर्ने हो । यसअघि पनि सचिव नियुक्तिको विवाद हुँदा सर्वोच्च अदालतले निर्देशिका बनाएर कार्यान्वायन गर्न भनेको थियो । स्वार्थका कारण अहिलेसम्म निर्देशिका बनाइएको छैन । निर्देशिका नबनाई आयोगले अवैध रुपमा डेढ वर्षदेखि कामुको भरमा चलाएको छ । सचिव बढुवाका दाबेदारहरुको प्रतिस्पर्धाका कारण पनि आयोगमा यस्तो रमिता भएको हो । कामु सचिव खरेल तथा सहसचिव डा। टीकाराम पोखरेल सचिव बढुवाका मुख्य दाबेदार हुन् । यज्ञ अधिकारी र दीपकजंग कार्की पनि प्रतिस्पर्धी हुन् । सबै दाबेदारले आफू अनुकूल चलखेल गर्दा आयोगमा गुटबन्दी बढेको छ भने कर्मचारीको करिअर पनि प्रभावित बनेको छ ।  

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपसभामुखको विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

२६ भाद्र, काठमाडौं । उपसभामुख इन्दिरा राना मगरको विषयमा साझा धारणा बनाउनका लागि स…

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

एमाले सांसदहरूले मागे उपसभामुखको राजीनामा, रास्वपा र माओवादीद्वारा प्रतिवाद

२५ भाद्र, काठमाडौं । नेकपा एमालेका सांसदहरूले उपसभामुख इन्दिरा रानाको राजीनामा मा…

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

८० हजार घरधुरी रुवाबासी गराउने फैसलामाथि पुनर्विचार गर्न माग

१८ भाद्र, काठमाडौं ।काठमाडौंको नदी किनारमा बस्ने ८० हजार घरधुरीलाई प्रभाव पार्ने सर्…